ताजा अपडेट »

देवी प्रतिभा पोखरा कोटिहोममा, महायज्ञमा आएर कथा श्रवण गर्न भक्तजनहरुलाईआग्रह

आइतबार, ११ जेठ २०८२, ०६ : ४०
14 Shares
आइतबार, ११ जेठ २०८२
14 Shares

पोखरा । अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभा पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा कथा वाचनको लागि आइपुगेकी छिन् । उनको उपस्थितिमा शनिबार कोटिहोम विराट ज्ञान महायज्ञको समुद्घाटन समेत गरिएको छ । 

उनले १० गते शनिबार देखि १६ गतेसम्म पोखराको कोटिहोममा कथा वाचन गर्ने कार्यक्रम रहेको प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिएका छन । यस अघि १४ दिन कथा वाचन गरेर सम्पूर्ण भक्तजनको मन जितेर गएकी देवी प्रतिभाको सुमधुर स्वरमा  भक्तजनलाई पुनः पोखरामा कथा श्रवण गर्न मौका मिलेको हो ।

देवी प्रतिभाले नेपाली भक्तजनको मायाले पुनः पोखरामा कथा वाचनको लागि आफूलाई तानेको बताइन् । उनको ‘प्यार से बोलो ना’ शब्दले पोखारा कोटिहोम गुञ्जायमान भइरहेको छ । उनले भनिन्, ‘मलाई नेपाली भक्तजनले यति धेरै माया दिनुभएको छ कि त्यही मायाको कारण पुनःपोखरामा कथा वाचनको लागि आएकी छु ।

पोखरा बासीबाट दुई दिनमा एक हजार म्यासेज आयो भने आउँछु भनेकी थिए तर एक दिनमा नै १६०० बढि म्यासेज आएकाे बताउदै देवी प्रतिभाले पाेख्रेलीलाइ मायाको लागि आभार व्यक्त गरीन । 

अन्तर्राष्ट्रिय कथा वाचिक प्रतिभाले पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आएर दर्शन गरी कथा श्रवण गर्न सबै भक्तजनलाई आग्रह पनि गरेकी छिन् । शनिबार कथावाचनको क्रममा उनले  १४ दिन महायज्ञमा आएर कथा श्रवण गरेका भक्तजनहरुलाई पुनः कथा श्रवण गर्न आउनको लागि आग्रह गरेकी हुन् ।

उनले भनिन्, ‘तपाईंहरुको मायाले नै म यहाँ आए । १४ दिनसम्म जसले जसले कथा श्रवण गर्नुभयो  फेरी पनि आएर तपाईहरुकी छोरीको मुखबाट पनि कथा सुनिदिनुहोला।’  त्यस्तै उनले पशुपति कोटिहोममा पहिलो पटक कथा वाचकको लागि आउँदा सबैजना नयाँ लागेको भएतापनि अहिले दोस्रो पटक आउँदा सबै पुरानो र जस्तो सबैजना आफ्नो परिवारजस्तो लागेको अनुभव सुनाइन् ।

उनले भनिन्,‘पशुपति कोटिहोममा पहिलो पटक कथा वाचकको लागि आउँदा मलाई सबैजना नयाँ लागेको थियो । तर अहिले दोस्रो पटक आउँदा सबै पुरानो भएको जस्तो सबैजना आफ्नो परिवारजस्तो लागेको छ ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।