ताजा अपडेट »

संघीयता विरोधी आन्दोलनमा सहभागी हुन चित्रबहादुर केसीको आग्रह

बुधबार, १४ कार्तिक २०८१, १५ : ०१
54 Shares
बुधबार, १४ कार्तिक २०८१
54 Shares

बुटवल । संघीयताको खारेज गरौं भन्ने मुल नाराका साथ राष्ट्रिय जनमोर्चा रुपन्देहीको आयोजनामा शुभ दिपावली ,नेपाल सम्बत,र छठको अवासरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमको प्रमुख अतिथिको रूपमा मन्तव्य राख्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले आफुहरुले आउँदो चैत्र २४ गते देखि काठमाडौं केन्द्रित प्रदेश खारेजिका विरुद्ध आन्दोलन गर्न थालेकोले सबैलाई साथ दिन आग्रह गरे । अध्यक्ष केसीले देशमा गणतन्त्रका विरुद्ध भित्री र बाह्य शक्ति लागेकोले सबै दलहरू एकजुट भएर यसको रक्षा गर्नुपर्ने बताए।केसिले देशमा ब्याप्त भ्रष्टाचार बढेकोले जनतमा गणतन्त्र प्रती निरासा देखियको बताउँदै सत्तामा बस्नेहरु सचिनुपर्ने बताए।केसिले संघीयता नेपालको हितमा न भयकोले आफुहरुले त्यसका विरुद्ध निणायक आन्दोलन गर्न थालेको बताए।

कार्यक्रमको विशिष्ट अतिथिको रुपमा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डले आफू जनप्रतिनिधि भएपनी सबै संघ संस्था संग सुझाब लिएर अगाडि बढ्ने बताउदै हामी सबैले राजनीति ईमानदार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसि बाट सिक्नुपर्ने बताए। मेयर पाण्डले आफ्ना कमिकमजोरी भए सुझाव दिन आग्रह गरे। कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

 


 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।