ताजा अपडेट »

आँखाको शल्यक्रियापछि गायिका मेनुका पौडेलको तस्विर पहिलो पटक सार्वजनिक

मंगलबार, २९ जेठ २०८१, १४ : ४३
1.72K Shares
मंगलबार, २९ जेठ २०८१
1.72K Shares

बुटवल । गायिका मेनुका पौडेलले कस्टमेटिक प्रोथेस्टिक शल्यक्रिया गरेपछि पहिलोपटक चस्माबिनाको तस्बिर सार्वजनिक गरेकी छन्। गत वैशाखमा तिलगंगा अस्पतालमा मेनुकाको आँखामा कस्मेटिक प्रोथेस्टिक शल्यक्रिया गरिएको थियो।

उनको आँखाको खाल्डोलाई पुरेर कृत्रिम आँखा ९आइबल० राखेपछि मेनुकाले चस्माबिनाको तस्बिर सार्वजनिक गरेकी हुन्। यसअघि मेनुकाले चस्मा लगाउँदै आएकी थिइन्। यो सर्जरीपछि सामान्य व्यक्तिजस्तै देखिए पनि उनको आँखाको दृष्टि भने फिर्ता आउने छैन।

‍कृत्रिम आँखाले नदेखे पनि चस्माबिना राम्रो देखिने भएकाले उनको आँखाको शल्यक्रिया गरिएको बताइएको छ। तिलगंगा अस्पतालकी वरिष्ठ अकुप्लास्टिक सर्जन डा। पूर्णिमा राजकर्णिकारको समूहले कृत्रिम आँखा राखेको थियो।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।