ताजा अपडेट »

विश्व स्मृति एवं मेलमिलाप दिवस आज

विहीबार, २५ बैशाख २०८२, ०७ : ११
20 Shares
विहीबार, २५ बैशाख २०८२
20 Shares

काठमाडौं । आज विश्व स्मृति एवं मेलमिलाप दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दोस्रो विश्वयुद्धमा ज्यान गुमाएकाहरूको सम्झना एवं मेलमिलाप दिवसका रुपमा सन् २००४ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो । 

राष्ट्रसङ्घीय महासभाले मे ८ र ९ तारिखमा यो दिवस मनाउन विश्वका सबै देशहरुलाई आह्वान गरेअनुरुप विभिन्न राष्ट्रसङ्घीय निकाय, गैरसरकारी संस्था तथा व्यक्तिले समाज र देशका निम्ति योगदान आफ्ना अग्रज एवं दोस्रो विश्वयुद्धका सबै पीडितहरूको स्मरण तथा उनीहरुप्रति श्रद्धाञ्जली अर्पण गरेर स्मृति दिवस मनाउँदै आएका छन् । न्युयोर्कस्थित राष्ट्रसङ्घीय मुख्यालयमा आज विशेष स्मृतिसभा हुँदैछ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।