ताजा अपडेट »

लुम्बिनी प्रदेश र सुदूरपश्चिममा अझै ३ दिन तातो हावा र तातो लहर चल्ने चेतावनी

मंगलबार, २९ जेठ २०८१, १२ : ३३
3.21K Shares
मंगलबार, २९ जेठ २०८१
3.21K Shares

बुटवल । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले लुम्निी प्रदेशका तराईका जिल्ला र सुदूरपश्चिममा अझै ३ दिनसम्म अत्याधिक गर्मी हुने चेतावनी दिएको छ । मशाखाले मँगलबाल विहान ११ बजे विशेष बुलेटिन सार्वजनिक गर्दै ४० डिग्री वा सोभन्दा बढीसम्म तापक्रम पुग्न सक्ने चेतावनी दिएको हो ।

तातो हावा तथा तालो लहरबाट हुन सक्ने सम्भावित असरहरुबाट बच्न आग्रह गर्दै महाशाखाले जेठ ३१ गतेसम्म यो अवस्था रहने जनाएको छ । यस अवधिमा थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सो बाट बच्न आग्रह गरिएको छ ।

तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी एक्सपोज नहुने), हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक÷पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन महाशाखाले अनुरोध गरेको छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।