ताजा अपडेट »
ट्रेलर रिलिज

देश बिदेशमा चर्चा बटुलेको चलचित्र “गाउँ आएको बाटो”को ट्रेलर सार्वजनिक

विहीबार, १० जेठ २०८१, २३ : ००
112 Shares

काठमाडौँ ।  अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा सहभागिता जनाएर अवार्ड जितिसकेको चलचित्र ‘गाउँ आएको बाटो’ को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार एक कार्यक्रमकाबिच उक्त चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

गाउँमा मोटरबाटो पुगेपछि बाबु र छोराबिचको सम्बन्धमा आउने  उतारचढावको कथामा चलचित्र बनेको हो । ट्रेलरमा चलचित्रको कथा झल्काउन खोजिएको देखीन्छ  । 

ट्रेलरमा पनि चलचित्रको कथा बुझाउने खालका दृश्यहरु समेटिएको छ । ट्रेलर हेर्दा चलचित्रले बिकट गाँउको एक गरीब परिवारको कथा भन्ने अनुमान गर्न सकिन्छ ।

यो चलचित्रले सन २०२३ मा टोरन्टोमा वल्ड प्रिमियरसँगै बुसान, मुम्बई, बेइजिङ लगायतका प्रसिद्ध फिल्म फेस्टिभलमा सहभागिता जनाईसकेको छ । नेपालमा यो चलचित्र चाहिँ जेठ २५ बाट रिलिज हुँदैछ । 

snapedit_1716486134002आमोद राई निर्माता रहेको चलचित्रमा दयाहाङ राई, पशुपति राई र प्रसन राईको मुख्य भूमिका छ । चलचित्रमा उनिहरुसंगै प्रेम सुब्बा, केशव राई, राज थापा, सुमित्रा राईको समेत अभिनय रहेको छ । 

चलचित्रका कार्यकारी निर्माता सञ्जु राई, देवराज राई, नारहाङ राईर भीम राई हुन् । चलचित्रलाई नबिन शुब्बाले निर्देशन गरेका हुन ।

 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।