ताजा अपडेट »

बेस्ट एक्ट्रेस नेपाल अवार्डबाट प्रियंका कार्की सम्मानित हुदै, भारतको दादासाहेब फाल्के अवार्ड फाउन्डेसनले सम्ममान गर्ने

विहीबार, १० जेठ २०८१, ०९ : ५५
178 Shares
विहीबार, १० जेठ २०८१
178 Shares

काठमाडौं । कलाकार प्रियंका कार्की भारतको दादासाहेब फिल्म अवार्ड फाउन्डेसनबाट सम्मानित हुने भएकी छन् । फाउन्डेसनले उनलाई  बेस्ट एक्ट्रेस नेपाल अवार्डबाट सम्मानित गर्न लागेको हो । 

फाउन्डेशनले गत मे १९ मा पत्राचार गरेर यसबारे उनलाई जानकारी दिएको हो । कार्की एक दशकदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय छिन् ।

दादासाहेब फाल्के फिल्म फाउन्डेसनले आयोजना गर्ने अवार्ड आउँदो ३० मेमा मुम्बइमा हुँदैछ । प्रियंकाले अवार्ड पाउने भएपछि उनकी सासु तथा पूर्व बैंकर रविना देशराजले नेपाली चलचित्र क्षेत्रकी ‘रानी’ भन्दै प्रशंसा र बधाई दिएकी छन् । 

‘तिमी हाम्रो जीवनको र नेपाली फिल्मकी रानी हौ । तिमी यो गौरवपूर्ण अवार्डको लागि योग्य थियौ,’ उनले सामाजिक सञ्जाला उल्लेख गरेकी छन् ।

गत बर्ष अभिनेत्री करिश्मा मानन्धर र निर्देशक आकाश अधिकारी ‘दादासाहेब फाल्के फिल्म फाउन्डेसन अवार्ड २०२३’ बाट सम्मानित भएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।