ताजा अपडेट »

अन्तर्राष्ट्रिय टी-२० मा आसिफ शेखको १००८ रन

सोमबार, ०३ बैशाख २०८१, १५ : १३
86 Shares

काठमाडौं । नेपाली ब्याट्सम्यान आसिफ शेखले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पूरा गर्ने चौथो खेलाडी बनेका छन् । उनले ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार भएको हङ्कङविरुद्धको खेलमा एक हजार रनको कोशे ढुंगा पार गरेका हुन् ।


यसअघि उनले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४० खेल खेल्दै कुल नौ सय ६८ रन बनाएका थिए । सोमबार हङ्कङविरुद्धको खेलमा उनले ४० रन बनाउँदा १ हजार ८ रन भएको हो । सोमबारको खेलअघि उनलाई हजार रन पुरा गर्न केवल ३२ रन आवश्यक थियो । सोमबारको खेलमा आसिफले हङकङ विरुद्ध १८ बलमा ३ छक्का र ३ चौका प्रहार गर्दै ४० रन जोडे । २२ वर्षीय आसिफ शेखले टी–२० अन्तर्राष्ट्रियमा पाँचवटा अर्धशतक पनि प्रहार गरेका छन् ।

यसअघि नेपालका दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल र रोहित पौडेलले एक हजार रन पूरा गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।