ताजा अपडेट »

२०४७ यताका सबै प्रकरणको उच्चस्तरीय छानबिन गरौँ: रास्वपा

मंगलबार, २७ चैत्र २०८०, १५ : २०
30 Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २०४७ देखि यताका सबै प्रकरणको उच्चस्तरीय छानबिन गर्न माग गरेको छ ।

प्रतिनिधिसभाको बैठक पछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै रास्वपाका उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्लेले २०४७ सालदेखि छानबिन गर्न रास्वपाले उच्चस्तरीय छानबिन समितिको माग गरेको बताए ।उनले एउटा व्यक्तिलाई खुइल्याउने हैन सबै प्रकरणको छानबिन हुनुपर्ने आफुहरुको माग रहेको उनले बताए ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा संलग्नता बारे संसदीय छानबिन समितिको माग गर्दै संसद अवरोध गरेपछि बैठक स्थगित भएको छ । अब संसदको अर्को बैठक बुधवार बिहान ११ बजे बस्ने तालिका छन् ।
     

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।