ताजा अपडेट »

रास्वपाले तोक्यो प्रदेश इन्चार्ज, लुम्बिनीमा विपिन कुमार आचार्य

विहीबार, ०४ बैशाख २०८२, १९ : ०५
150 Shares
विहीबार, ०४ बैशाख २०८२
150 Shares

काठमाडाें । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सातै प्रदेशमा नयाँ इन्चार्ज तोकेको छ।  बिहीबार बसेको पार्टी  केन्द्रीय समिति बैठकले सातै प्रदेशका इन्चार्जहरू तोकेको हो। बैठकले कोशी प्रदेशमा रास्वपा प्रमुख सचेतक सन्तोष परियार लाई इन्चार्ज तोकेको छ भने  मधेसमा कार्यवाहक प्रवक्ता मनिष झा, बागमतीमा कोषाध्यक्ष लिमा अधिकारी, गण्डकीमा सांसद शिशिर खनाल इन्चार्ज ताेकीइएका छन्।

त्यस्तै लुम्बिनीमा सहमहामन्त्री विपिनकुमार आचार्य, कर्णालीमा सांसद गणेश पराजुली र सुदूरपश्चिममा सांसद हरि ढकाल लाई इन्चार्ज तोकिएको छ।

‘बिहीबार को केन्द्रीय समितिको बैठकबाट प्रादेशिक कमिटीहरूलाई अझै सशक्त बनाउँदै जिल्ला कमिटीहरूलाई थप सक्रिय बनाउने उद्देश्यले केन्द्रीय समितिको बैठकको निर्णयबाट प्रदेश इन्चार्जहरू तोकिएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिस झाले बताएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।