ताजा अपडेट »

भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आज बरुडासँग खेल्दै

शुक्रबार, २३ चैत्र २०८०, ०५ : ५५
178 Shares

बुटवल । अभ्यासका लागि भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज बरुडासँग खेलदै छ । एसएमएस फ्रेन्डसिप कपको फाइनल प्रवेश गरिसकेको नेपालले  आज चौथो खेलमा पनि लगातार जित दर्ता गर्ने दाउमा हुने छ।खेल नेपाली समय अनुसार दिउसो २ः४५ बजे सुरु हुने छ ।

तेस्रो खेलमा गुजरात माथि ८ रनको जित दर्ता गर्दै नेपाल फाइनल प्रवेश गरेको हो । प्रतियोगितामा ४ खेल खेलेको गुजरात २ मा जित र २ मा हारसहित ४ अंक बटुलेर फाइनल प्रवेश गरेको छ भने नेपालले ३ खेलबाट सबैमा जित दर्ता गरि ६ अंक बटुलेर १ खेल अगाबै फाइनल प्रवेश गरेको छ । यसैगरी बरुडाले अहिलेसम्म खेलेका ३ वटै खेलमा पराजित भएको छ ।

नेपाल एसीसी मेन्स प्रिमियर कप र टी२० विश्वकपको तयारीका लागि भारत भ्रमणमा गएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।