ताजा अपडेट »

‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारी हाजीरी जमानीमा रिहा

सोमबार, १२ चैत्र २०८०, ०९ : १५
168 Shares

काठमाडौँ । मापसे गरी सवारी चलाएर दुुर्घटना गराएको अभियोगमा गत दुई दिनदेखि प्रहरी नियन्त्रणमा रहेका टेलिभिजन रियालिटी शो ‘कमेडी च्याम्पियन’का निर्देशक विशाल भण्डारी रिहा भएका छन । प्रहरीले घाइतहरु सबैको सम्पूर्ण उपचार खर्च ब्यहोर्ने शर्तमा उनलाई आईतबार हाजिरी जमानीमा रिहा गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका एडिएसपी बसन्त पाठकले जानकारी दिए । ‘शनिबार दिनभर घाइतेका परिवारसँग छलफल गरेर उपचार खर्च बेहोर्ने गरी कागज गरेपछि हाजिर जमानीमा उनि छुटेकम हुन ।

दुर्घटनामा कमेडियन सुशान्त बस्याल गम्भीर घाइते छन । उनको टाउकाको अपरेसन गरिएको छ भने उनि अहिले पनि आईसीयुमै उपचाररत छन । बिहीबार निर्देशक भण्डारीले चलाएको बा–१–०२६ ०३५९ नम्बरको कार भक्तपुरको जगाती नजिकको सडकमा रोकिराखेको टिप्परसँग ठोक्किएको थियो । दुर्घटना लगतै सबैजनालाई मध्यपुर ठिमी अस्पतालमा लगिएको थियो । कारमा निर्देशक भण्डारीसँगै पूजन अधिकारी, सुशान्त बस्याल, रजनीश अर्याल, प्रकृति गिरी र पवन भट्टराई रहेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।