ताजा अपडेट »

आठौं संस्करणको न्यूबिज बिजनेस् कन्क्लेभ एण्ड अवार्डस् सम्पन्न

शनिबार, १० चैत्र २०८०, ०६ : ००
86 Shares

काठमाडौं । आठौं संस्करणको न्यूबिज बिजनेस कन्क्लेभ एण्ड अवार्डस् २०२४ शुक्रवार काठमाडौंमा सम्पन्न भएको छ । न्यू बिजनेश एज प्रालिको आयोजना तथा एशियन पेन्ट्स  प्रा.लि.को टाईटल स्पोन्सरसिपमा कार्यक्रम सम्पन्न भएको थियो । प्यानल डिस्कसनका साथै विभिन्न अवार्ड वितरण गरिएको सो कुल ११ विधामा अवार्ड वितरण गरिएको थियो । जसअन्तर्गत ‘बेष्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी अफ दि इयर’को अवार्ड सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पाएको छ भने ‘बेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी अफ दि इयर’को अवार्ड एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हात पारेको छ । यस्तै, ‘बेष्ट फाइनान्स कम्पनी अफ दि इयर’को अवार्ड मञ्जुश्री फाइनान्स लिमिटेड, ‘बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अफ दि इयर’को अवार्ड साइन रेशुंगा डेभलपमेन्ट बैंक लिमिटेड र ‘बेष्ट कमर्शियल बैंक सर्भिसिङ मार्जिनालाइज्ड जियोग्राफिकल एरियाज अफ दि इयर’को अवार्ड कृषि विकास बैंकले पाएको छ । 

यसैगरी, ‘बेष्ट कमर्शियल बैंक इन प्रिस्क्राइब्ड सेक्टर लेन्डिङ अफ दि इयर’को अवार्ड एनएमबि बैंक, ‘बेष्ट म्यानेज्ड कमर्शियल बैंक अफ दि इयर’को अवार्ड स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड, ‘प्रिमियर होटल अफ दि इयर’को अवार्ड सोल्टी होटल लिमिटेड र ‘आउटस्ट्यान्डिङ हस्पिटल अफ दि इयर’को अवार्ड हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी (ह्याम्स) र ‘बेष्ट म्यानेज्ड कम्पनी अफ दि इयर’को अवार्ड नेशनल हेल्थकेयर प्रालिले पाएको छ । लाइफ टाइम अचिभमेन्ट अवार्ड भने वितरण हुन बाँकी छ। कार्यक्रममा “‘बिजनेस अपरच्युनिटिज इन डिफिकल्ट टाइम्स’“ विषयमा प्यानल डिस्कसन गरिएको थियो ।

प्यानल स्पिकरमा युनिलिभर नेपाल लिमिटेडका म्यानेजिङ डाइरेक्टर अम्लान मुखजी, निम्बस होल्ङिस प्रालिका म्यानेजिङ डाइरेक्टर आनन्द बगारिया र भायानेट कम्युनिकेशन्सका प्रमुख काय{कारी अधिकृत सेवा पाठक सहभागी थिए । कार्यक्रमको सहजीकरण प्रिज्मा एडभरटाइजिङका प्रमुख कार्यकारी अधिकृत रञ्जित आचार्यले गरेका थिए । कार्यक्रममा भारतीय उद्योग वाणिज्य महासंघ (एफआईसीसीआई)का वरिष्ठ सल्लाहकार मानब मजुमदरले कि–नोट मन्तव्य दिएका थिए । 

उद्योग, वाणिज्य तथा आपूति{मन्त्री दामोदर भण्डारी, न्यू बिजनेश एज प्रालिका अध्यक्ष मदन लम्साल र एशियन पेन्टस् नेपालका कन्ट्री डाइरेक्टर गोपालकृष्णन गौरीशंकरले संयुक्तरूपमा कार्यक्रम उद्घाटन गरेका थिए । कार्यक्रमलाई एनआईसी एसिया बैंक, टीयागो ईभी, नबिल बैंक, नेशनल लाईफ इन्स्योरेन्स, राष्ट्रिय वाणिज्य बैंक, एसियन लाइफ इन्स्योरेन्स, नेपाल बीमा प्राधिकरण, स्माट{फोन कम्पनी एमआई, एनएलजी इन्स्योरेन्स, प्रभु बैंक र सोनम गियर लगाएतको प्रायोजन रहेको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।