ताजा अपडेट »

पश्चिमाञ्चल यातायातमा विवाद: 'आर्थिक अनियमितता गरेकोलाई नेतृत्व हस्तान्तरण गरेको आरोप'

सोमबार, ०७ फागुन २०८०, १९ : ४९
552 Shares

बुटवल । पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलमा विवाद देखिएको छ । समितिको २३ औं साधारणसभा तथा १३ औं अधिवेशनमा सर्वसहमतिको नाममा ३ जना पुर्व अध्यक्षले आर्थिक अनियमितता गरेकोलाई नेतृत्व हस्तान्तरण गरेको असन्तुष्ट पक्षले आरोप लगाएका छन् ।

 सर्वसम्मत रुपमा स्वच्छ छविको नेतृत्व ल्याउनका लागि पूर्व अध्यक्ष अजुन राना भाटको संयोजकत्वमा लोकराज पोखरेल र गुप्तबहादुर केसी सदस्य रहेको समिति गठन गरेको र सो समितिले षडयन्त्र पुर्व एकलैटी  रुपमा आर्थिक अनियमितता गरेका टिकाराज गौतमलाई नेतृत्व हस्तान्तरण गरेको भन्दै आपत्ति जनाएका हुन् ।  

सोमबार पश्चिमाञ्चल यातायात व्यवसायी समितिको कार्यालय अघि निवर्तमान वरिष्ठ उपाध्यक्ष प्रतापबहादुर कार्की र निवर्तमान उपाध्यक्ष गणेश घिमिरे लगायतको समूहले पूर्वअध्यक्षहरुको नेतृत्वमा गठित समितिले कार्यसमिति भित्रका इमान्दार र स्वच्छ छवि भएका व्यक्तिलाई  निर्वाचित गराउन पर्नेमा व्यवसाय छाडी सकेका र विभिन्न विवादमा परेका व्यक्तिलाई अध्यक्ष मनोनित गरी एकलौटी गरेको र यो निर्णयमा निर्वतमान  कार्यसमितिमा रहेका बहुमत सदस्य व्यवसायीहरु विरोधमा रहेको दावी गरे।

मनोनीत गरिएका टिकाराम गौतम विभिन्न समयका दुर्घटनामा भएका गाडीका कागजपत्र फेल भएका गाडीलाई कमिशनको भरमा लागनी गरि संस्थाको ठूलो धनराशी हिनामिना गरी भष्ट्रचार गरेका प्रर्याप्त प्रमाण हुँदा हुँदै  अध्यक्षमा स्वीकार गर्न नसक्ने निवर्तमान उपाध्यक्ष प्रतापबहादुर कार्कीले बताए । 

 साथै निवर्तमान उपाध्यक्ष गणेश घिमिरेले नियम विपरीत फाइलहरु खडा गर्ने, संस्थाको रकम आफ्नो व्यक्तिगत प्रयोजन प्रयोग गर्ने लगायतका अनैतिक कार्य गरेको पनि छनविन गर्नु पर्ने बताए । आफुहरु पुर्वअध्यक्षबाट घोषित समितिलाई कुनै पनि हातमा स्वीकार गर्न नसक्ने घिमिरेले बताए  । आफुहरुको चाहना स्वच्छ छवि भएको व्यक्ती आउनु पर्ने भन्ने रहेको बताए । माग सम्बोधन नभए कडा कदम चाल्ने उनको चेतावनी समेत रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।