ताजा अपडेट »

सुनचाँदीको मूल्य बढ्यो

आइतबार, ०६ फागुन २०८०, १२ : ५०
98 Shares

काठमाडौं ।सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेर छापावाल सुनको मूल्य तोलाको १ लाख १७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

गत कारोबार दिन उक्त सुन तोलामा एक लाख १७ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।  आइतबार तेजाबी सुनको मूल्य तोलामा एक लाख १७ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । 

चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेर १ एक हजार ४३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।