ताजा अपडेट »

राैतहटमा सरस्वतीको मूर्ति सेलाउन जाने क्रममा खुर्सानीकाे धुलाेले सहित सांघातिक आक्रमण

विहीबार, ०३ फागुन २०८०, १६ : ५८
26 Shares

रौतहट । भारतीय सिमानासँगग जोडिएको रौतहटको दक्षिणीभेग ईशनाथ नगरपालिकामा दुइटा मन्दिरमा आगजनी गरेको घटना नसेलाउँदै अर्को घटना भएको छ। त्यहाँ सरस्वती माताको मूर्ति सेलाउन जाने क्रममा बिहीवार आक्रमण हुँदा एकजनाको टाउको फुटेको भने कैयौंलाई चोटपटक लागेको छ।

ईशनाथ-५ जटहरा गाउँ बाट सरस्वतीको मूर्ति लिएर डुमरिया गाउँ छेउ अडुवा नदीमा सेलाउन जाने क्रममा दिउँसो २ बजे मोतिपुर गाउँमा मुस्लिम समुदायको मानिसले अचानक ढुंगामुढा प्रहार गर्दा स्थानीय नरेश पासवानको टाउको फुटेको तथा अन्य कैयौं लाई चोटपटक लागेको छ।

सरस्वती माताको मूर्ति लिएर दर्जनौंको संख्यामा गइरहेको हिन्दू समुदायका मानिसमाथि एक्कासि ढुंगामुढा प्रहारसँगै मुस्लिम समुदायका मानिसले खुर्सानीको धूलो आँखामा फालेको प्रत्यक्षदर्शीले स्थानीय बाबुलाल साहले बताए ।

आक्रमणको क्रममा त्यहाँ उपस्थित रहेका प्रहरी मुकदर्शक बनेको उनको भनाइ छ। घटनाको खबरलगत्तै रौतहट प्रहरी प्रमुख एसपी महेन्द्र कुमार श्रेष्ठ घटनास्थल पुगेका छन्। हाल हिन्दू समुदायका मानिस मूर्ति बाटोमा राखेर प्रदर्शनमा उत्रिएका छन्। एसपी श्रेष्ठसहितको टोली घटनाको छानबिनसँगै साम्य पार्न पहल गरिरहेको त्यहाँ पुगेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन्।

घटनास्थलमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थिति छ। केही दिनअघि मात्र त्यहाँ एकैरात हनुमान मन्दिर र ब्रह्मस्थानमा आगजनी भएको थियो। रौतहट संसदीय निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत दुर्गा पूजा , सरस्वती पूजा, विश्वकर्मा पूजा, महाबिरी झण्डाको विसर्जनको क्रममा बर्सेनि एकपक्षीय आक्रमण हुँदै आएको स्थानीयले बताएका छन। पूजा बिसर्जनको समय प्रत्येक बर्ष ठूलो संख्यामा प्रहरी परिचालन गरिए पनि पूर्ण रुपमा शान्ति हुनसकेको देखिँदैन।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।