ताजा अपडेट »

राजकुमार रानाको मृत्यु प्रकरण : प्रहरी सहायक हवल्दारसहित दुईजना पक्राउ

आइतबार, २८ माघ २०८०, १७ : ११
68 Shares

काठमाडौं । कञ्चनपुर लालझाडी गाउँपालिका–३ का  राजकुमार रानाको मृत्यु प्रकरणमा एक प्रहरी सहायक हवल्दारसहित दुईजना पक्राउ परेका छन् । 

पाँच महिनाअघि कृष्णपुर नगरपालिकाको बालुवाफाँटास्थित जंगलमा रानाको शव फेला परेको थियो ।  उनको हत्या गरेको आरोपमा प्रहरी सहायक हवल्दारसमेत रहेका कृष्णपुर नगरपालिका–६ का महेश चौधरी र चेतराज भण्डारीलाई प्रहरी पक्राउ गरेको हो ।

आफन्तको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।