ताजा अपडेट »

पीएम कपः सुप र आर्मी तथा गण्डकी र पुलिस भिडदैँ

सोमबार, १५ माघ २०८०, ०८ : ४२
46 Shares

काठमाडौँ। जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज दुई खेल हुदैछन् ।आज टियु मैदानमा सुदूरपश्चिम प्रदेश र त्रिभुवन आर्मी क्लबबीच खेल हुदै छ भने मुलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेश र नेपाल पुलिस क्लबबीच खेल हुदै छ ।

अहिलेसम्म पीएम कपमा नेपाल पुलिस क्लब मात्र अपराजित रहेको छ । नेपाल पुलिस क्लबले आफ्नो ६ खेलमा सबै खेल जितेर १२ अंकसहित शिर्ष स्थानमा रहेको छ ।त्यसैगरी बागमती प्रदेशले आफ्ना ९ खेलमा १२ अंकनै  हासिल गर्दै दोस्रो स्थानमा छ भने मधेश प्रदेशले पनि आफ्ना ९ खेलमा १२ अंकसहित तेस्रो स्थानमा रहेका छन् ।त्यस्तै त्रिभुवन आर्मी क्लबले ७ खेलमा ५ जितसहित १० अंक हासिल गरेर चौथो स्थानमा रहेको छ भने सुदूरपश्चिम प्रदेशले ६ खेलमा ४ जितसहित ८ अंक हासिल गरेर पाँचौं स्थानमा रहेको छ ।

त्यस्तै एपीएफ ७ खेलमा ८ अंकसहित छैटौं स्थानमा रहेको छ भने कर्णाली प्रदेश ८ खेलमा ६ अंकसहित सातौं स्थानमा रहेको छ ।त्यसैगरी गण्डकी प्रदेशले ७ खेलमा २ जितसहित ४ अंक हासिल गर्दै आठौँ स्थानमा छ भने लुम्बिनी प्रदेशले आफ्ना ७ खेलमा एक जित र ६ हार बेहोरेर नवौं स्थानमा छ । त्यस्तै कोशी प्रदेशले अहिलेसम्म खेलेका ८ खेलमै हार बेहोरेर पुछारमा रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।