ताजा अपडेट »

आजकाे विदेशी मुद्राको विनिमयदरः अमेरिकी डलरभाउ स्थिर हुदाँ युरोकाे बढ्यो

सोमबार, २३ पुस २०८०, १० : १७
124 Shares
सोमबार, २३ पुस २०८०
124 Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ  । 

जसअनुसार भारतीय रूपैयाँ १०० काे खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएकाे छ ।

सोमबार अमेरिकी डलरको कारोबार भाउ स्थिर रहेको छ भने युरोपियन युरो ४० पैसाले बढेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ७५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३५ पैसा कायम गरिएको छ  भने सोमबार युरो एकको खरिदमा १४५ रूपैयाँ २६ पैसा र बिक्रीमा १४५ रूपैयाँ ९१ पैसा तोकिएको छ। आइतबार युरो एकको खरिद मूल्य १४४ रूपैयाँ ८६ पैसा र बिक्रीमूल्य १४५ रूपैयाँ ५१ पैसा तोकिएका थियो ।

त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रूपैयाँ ८३ पैसा र बिक्रीदर १६९ रूपैयाँ ५९ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर भने ८९ रूपैयाँ १३ पैसा र बिक्रीदर ८९ रूपैयाँ ५३ पैसा र क्यानेडियन डलरको १ खरिददर भने ९९ रूपैयाँ ३३ पैसा र बिक्रीमा ९९ रूपैयाँ ७८ पैसा कायम गरिएकाे छ ।

जापानी येन १० काे खरिददर ९ रूपैयाँ ९८ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ २२ पैसा रहेकाे छ भने चाइनिज युआन १ खरिददर १८ रूपैयाँ ५९ पैसा तथा बिक्री दर १८ रूपैयाँ ६७ पैसा तथा दक्षिण काेरिया वन १०० काे खरिददर १० रूपैयाँ ९ पैसा तथा बिक्री दर १० रूपैयाँ १४ पैसा कायम गरेकाे जनाइएकाे छ । 

कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ४२ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ५९ पैसा कायम गरेकाे राष्ट्र बैंकले साउदी अरेबियन रियाल १ खरिददर ३५ रूपैयाँ ४० पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ५६ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १४ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३१ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर आइतबार २८ रूपैयाँ ५२ पैसा र बिक्रीदर २८ रूपैयाँ ६५ पैसा कायम गरेकाे छ ।साथै, कुवेती दिनार एकको खरिददर ४३१ रूपैयाँ ७१ पैसा र बिक्रीदर ४३३ रूपैयाँ ६६ पैसा र बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ १० पैसा र बिक्रीदर ३५३ रूपैयाँ ६९ पैसा तोकिएको राष्ट्र बैंकले जनाएकाे छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।