ताजा अपडेट »

जितगढीलाई बृहत बुटवलको पर्यटन सर्किटको आधार क्षेत्र बनाऔं : राष्ट्रिपति

शुक्रबार, २० पुस २०८०, १६ : ०३
192 Shares

बुटवल । राष्ट्रपति रामचन्द्र पौडेलले जितगढीलाई बृहत् बुटवलको पर्यटन सर्किटको आधार क्षेत्रको रुपमा बिकास गर्न जोड दिएका छन् । जितगढी राष्ट्रिय स्वाभिमान र पहिचानको महत्वपूर्ण स्थल रहेको बताउँदै उनले यसको संवर्द्धन र प्रवर्द्धनमा जोड दिए ।

नेपाली वीरताको ऐतिहासिक केन्द्रका रुपमा यस वरपरका ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिकमहत्वका क्षेत्रलाई समेत एउटै सर्किटमा जोड्नुपर्ने उल्लेख गरे । तत्कालीन मणिमुकुन्दसेनको दरबार, नुवाकोटगढी, रामापिथेकश क्षेत्र हुँदै सहस्रधारा, लक्ष्मीनगर र हिलपार्कसम्मका क्षेत्रलाई जोडेर पर्यटनको बिकास गर्न सकिने उनले राष्ट्रपति पौडेलले बताए । नेपाली सेनाले बुटवल उपमहानगरलाई जितगढी हस्तान्तरण कार्यक्रम अन्तरगत शुक्रबार आयोजित समारोहमा बोल्दै राष्ट्रपति पौडेलले किल्लालाई नेपाल अंग्रेज युद्धको अध्ययन, अनुसन्धान गर्ने र पर्यटकीय स्थलको रुपमा प्रवर्द्धनका लागि जोड दिए । बुटवल उपमहानगरसहित, प्रदेश तथा संघीय सरकारले ऐतिहासिक र सामरिक महत्वका स्थलहरूको संरक्षण र प्रवर्द्धनमा चासो दिन आग्रह गरे ।

जितगढीको बिकासँगै प्रसिद्ध व्यापारिक केन्द्रको रुपमा रहेको बुटवललाई आर्थिक केन्द्रका रुपमा विकसित गर्नुपर्नेमा जोड दिए । यसैगरी बुटवलसहितका नगरहरूलाई जोडेर मेघासिटीको रुपमा बिकास गर्नुपर्ने धारणा व्यक्त गरे । जितगढी किल्ला नेपाली सेनाले ठूलो बलिदानीबाट देश जोगाएको इतिहासको निशानी भएको बताउँदै राष्ट्रपति पौडेलले यसको संरक्षणमा जोड दिए ।

राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले जितगढी किल्ला बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयलाई हस्तान्तरण गरेका हुन् । बुटवल उपमहानगरपालिका वडा नम्बर १ मा रहेको जितगढी किल्लाको पुनःनिर्माण तथा संरक्षणपश्चात् नेपाली सेनाको गरुड दल गणले बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेको हो । हस्तान्तरणसँगै जितगढी किल्ला किल्ला बुटवल उपमहानगरपालिकाको मातहतमा आएको छ । स्थानीय तहमा जनप्रतिनिधि आएपछि हराई सकेको जितगढी किल्लालाई संरक्षण गरी यसको उत्थान गरिएको थियो । कर्णेल उजिरसिंह थापा नेतृत्वको फौजले अंग्रेज फौजलाई १८७२ वैशाख ७ गतेका दिन जितगढी किल्लामा पराजित गरेको थियो ।

उक्त युद्धका क्रममावीरगति प्राप्त गर्ने लेफ्टिनेन्ट अम्बर अधिकारी, कुम्मेदान वृषसुर थापा र कृपासुर थापा, सरदार सुर्जे थापा, जमदार भीमसेन देउजा र सुरवीर बोहरा, हवलदार रणसुर बानिया, सिपाही हंसवीर अधिकारी, थरधर नकुलबानियाँ, दलखम्बथापा, काजीवीरमञ्जन पाँडे, समशेर राना मगर र जुठे बस्नेतको अर्धकदको शालिक जितगढी किल्लामा राखिएको छ ।

 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।