ताजा अपडेट »

बुटवलको जितगढी किल्लामा विजयी उत्सव मनाइँदै, यस्तो छ किल्लाको इतिहास

आइतबार, ०७ बैशाख २०८२, ०७ : ३९
80 Shares
आइतबार, ०७ बैशाख २०८२
80 Shares

बुटवल । आज बैशाख ७ गते । अर्थात बुटवलको जितगढीमा नेपाल-अंग्रेजका बीचमा भएको युद्धमा नेपालले विजय हासिल गरेको दिनको खुशीयालीमा आज जितगढी उत्सव मनाईँदै छ । १८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको खुसीयालीमा हरेक वर्ष विजय उत्सव मनाउने क्रममा आज पनि विजय उत्सव मनाउन थालिएको हो ।

आज नै हरेक वर्ष गोरखादेखि पैदलयात्रा गरी आइपुग्ने नेपाली सेनाका पदयात्रीहरुलाई किल्लामा स्वागत गरिने छ । यस वर्ष पनि नेपाली सेनाको गोरखा दरबार हनुमान भन्ज्याङबाट सुरु भएको गोरखा-जितगढी पदयात्राको टोलीलाई स्वागत गर्ने कार्यक्रमलाई निरन्तरता दिइने बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए । ऐतिहासिक दरबार, गढी, किल्ला र पदमार्गको संरक्षण अभियान अन्तर्गत नेपाली सेनाले स्थानीय तहहरुसँगको सहकार्यमा गोरखादरबारदेखि जितगढीसम्मको यो पदयात्रा तेस्रो पटक आयोजना गरेको हो । गोरखाबाट हिँडेको टोली तनहुँ, स्याङ्जा, पाल्पा हुँदै आज ऐतिहासिक जितगढी किल्लामा आइपुग्नेछ ।

राष्ट्रिय झण्डासहित एकीकरणमा स्थापित श्रीनाथ, कालीबक्स, बर्दवाणी, सबुज, पुरानो गोरख र जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्म सहभागी छन् । पदयात्रामा गोरखाको रिपुमर्दन गण, तनहुँको रूरू भैरवदल गण, काली भञ्जन गण, राजदल गण, दि फेमस महिन्द्रदल गण र रुपन्देहीको तारादल गण सहभागी हुँदै छन् ।

आव बिहान ९ बजे बुटवलको अस्पताल चोकमा राष्ट्रिय झण्डोत्तलन कार्यक्रम हुनेछ भने १० बजे बुटवल १ गणेशमन्दिरमा गोरखाबाट आएका नेपाली सेनाका टोलिलाई स्वागत गरिने छ । बिहान ११ बजेदेखि बुटवल-१ जितगढी किल्लामा जितगढी उत्सवको मुल समारोह संचालन हुने कार्यक्रम रहेको छ भने साँझ ६ बजेदेखि साँस्कृतिक साँझको आयोजना गरिएको छ ।

किन मनाइन्छ जितगढी विजय उत्सव रु

अंग्रेज-गोर्खा युद्ध’ को महत्वपूर्ण इतिहास बोकेको रुपन्देहीस्थित जितगढी किल्लाले हरेक नेपालीको छाती चौडा बनाउँदछ । राष्ट्रियताको प्रतिबिम्बका रुपमा स्थापित युद्ध ईतिहासको ‘ऐतिहासिक र पुरातात्विक सम्पदा’ ‘जीतगढी अर्थात उजीरसिंहगढी’ यतीबेला सबै पुग्नै पर्ने एक गन्तब्य बनेको छ । यो गढीमा झण्डै २ सय वर्ष पुराना युद्धसम्बन्धी जीवन्त ऐतिहासिक वस्तु तथा प्रमाण भेट्न सकिन्छ ।

युद्ध सम्बन्धित पुरानो दस्तावेज उल्लेखित अंशहरु अहिलेपनि जस्ताको तस्तै रहेको छ, जीतगढीमा । त्यसो त जितगढीको विषयमा उल्लेखित तथ्यांकमा इतिहासकारबीच फरक(फरक धारणा छ । ईतिहासकार प्राध्यापक डाक्टर तेजबहादुर श्रेष्ठले बेलायतको एक संग्रालयमा भेटेको जितगढीको चर्चासहितको सामाग्री भेटिएपछि मात्र जितगढीको बिषयमा नेपालमा बहस हुन थालेको बताउँछन् ।

अमरसिंह थापाको समयमा भएको ‘अंग्रेज(गोर्खा युद्ध’मा पाल्पाको गोर्खा फौजको कमाण्ड कर्णेल उजीरसिंह थापाले सम्हालेका थिए । रणपतिका रूपमा लडाई लड्दा कर्नेल उजिरसिंह थापा १८ वर्षका नवयुवक थिए । जीतगढी सेनकालमा बनेको थियो वा पाल्पा गोर्खामा विलय भएपछि बनाइएको थियो भन्ने तथ्याङक आज पनि प्रष्ट छैन । नालापानी, देउथल आदि ठाउँका किल्ला र जीतगढी किल्ला वास्तुशास्त्रका आधारमा हेर्दा सँगसँगै बनेको हुन भन्ने प्रशस्त आधार भेट्न सकिन्छ । सेनकालमा पाल्पाको संरक्षण गर्न पूर्वतिर वाकुमगढी र पश्चिम दक्षिणपट्टि बल्ड्याङ्ग गढी थियो ।

संवत् १८७१ मा स्थल मार्गबाट अंग्रेजले बृहत गोर्खा अधिराज्यसित ६/७ ठाउँबाट युद्ध छेडिसकेका थिए । मकवानपुर(चितवन क्षेत्र, बारा(पर्सा(रौतहट, मिथिलाक्षेत्र र बुटवलको जीतगढी क्षेत्र युद्धबाट नेपाल जोगाउनका लागि किल्लाको रुपमा स्थापित गरिएको थियो । तत्कालीन युद्धमा अंग्रेज फौजलाई परास्त गर्न जितगढी सफ भयो । जीतगढीलगायतका किल्लाहरु गोर्खा फौज डटेर नलडेको भए न हामी नेपाली भन्न पाउंथ्यौ न नेपाल रहन्थ्यो नै रहन्थो होला ।

जतीबेला बिशाल नेपाल बनाउने गोर्खालीको अभियान माथी अंग्रेजहरुले धावा बोलेका थिए त्यतिबेला भीमसेन थापा ३७ वर्षका थिए । भीमसेन थापाले युद्धमा आफ्नै होनहार भाइ कर्णेल रणवीरसिंह थापालाई मकवानपुर चितवनक्षेत्र र आफ्नो अधोषित धर्मपुत्र उजिरसिंहलाई बुटवल र पश्चिम नेपालका समग्र सामरिक केन्द्र हेर्ने पाल्पा गौंडा खटाएका थिए । जितगढी, दाउन्ने, चितवन, लोटन, समनपुर, हरिहरपुर आदि महत्वपूर्ण किल्ला जोडीएको थियो ।

सेनकालमा बुटवललगायत सेरोफेरोको भू(भागलाई अवधलाई रकम तिरेर सेनहरुले उपभोग गर्दै आएका थिए । पृथ्वीपालसेनको पालामा पाल्पा राज्य नेपाल अधिराज्यमा विलय हुन गयो तर अवधको रकम लिएको आधार मान्दै बुटवललाई कम्पनि सरकारले आफ्नो भएको दाबी समेत गरेको थियो । यता गोर्खालीहरुको भने सेनराज्यको अधिनमा रहेको बुटवल र स्यूराज पनि नेपालकै हुनु पर्ने दाबी थियो । जनरल अमरसिंह थापाको ब्रिटिस साम्राज्यवादको विरुद्ध पंजाव केशरी रणजित सिंहसँग १३ बुंदे ९सवाल० पत्र लेखेपछि कम्पनी सरकार आगो भएको थियो ।

कम्पनि सरकार र नेपाल सरकार संग भएको सन् १८०१ को सन्धीको धारा ५ मा ‘दुई देशबीच सिमा सम्बन्धी विवाद भएमा न्याय र अधिकारको सिद्धान्तको आधारमा दुवै देशका प्रतिनिधि बसेर सिमाना निर्धारण गर्ने’ भन्ने व्यहोरालाई समेत बेवास्ता गर्दै कम्पनि सरकारले पूर्वको बाइस गाउँ, बुटवल र स्यूराजको खिचलो उठाएको थियो । सन् १८१४ नभेम्बर १ तारिखका दिन कम्पनी सरकारका जनरल हास्टिङगका माक्र्युसले नेपाल विरुद्ध एकतर्फ युद्ध घोषणा गरेको थियो । ब्यापारीक नाका कब्जागर्ने उद्देश्यले नै अग्रेजले बटौली र सिब्राज किल्ला कब्जा गर्न आक्रमण गरेको बताइन्छ ।

अंग्रेजले पाँच ठाउंँबाट आक्रमणको तैयारीमा सतलज र यमुनाबीचको भू-भागलाई कब्जा गर्नुका साथै विभिन्न नाकाबाट काठमाडौंसम्म ब्रिटीसले कब्जा हमला गर्ने योजना बनाएपनि सफल हुन सकेन । बुटवल क्षेत्रमा हमला गर्न मेजर जनरल जोन सुलिमान उड एक हजार अंग्रेजी सेना र तीन हजार हिन्दूस्तानी फौज लिई वनारस गोरखपुर बुटवल हुदै पाल्पा हान्ने कम्पनी सरकारको योजना असफल

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।