ताजा अपडेट »

इजरायलको दाबी - हमासको अहिलेसम्मकै ठूलो सुरुङ भेटियाे

सोमबार, ०२ पुस २०८०, १२ : ०८
54 Shares

काठमाडौँ । इजरायलले हमासको सबैभन्दा ठूलो सुरुङ फेला पारेको दावी गरेको छ। इजरायली सेना आईडीएफका अनुसार यो सुरुङ चार किलोमिटर ९२।५ माइल० फैलिएको छ ।

आईडीएफले ट्वीटरमा एउटा भिडियो साझा गर्दै लेखेको छ, ‘सुरङ प्रवेश इरेज क्रसिङबाट मात्र ४०० मिटर (१,३१० फिट) पर छ। इरेज क्रसिङ मार्फत गाजाका मानिसहरू काम गर्न र इजरायली अस्पतालहरूमा उपचार गर्न इजरायल जान्छन् । गाजाका मानिसहरूले यसलाई हरेक दिन प्रयोग गर्छन्।’

यसअघि शुक्रबार इजरायली गाजामा जारी अपरेशनको क्रममा सेनाले आफ्नै तीन जना सर्वसाधारणलाई गोली हानेको थियो ।इजरायली सेनाले यो गल्तीप्रति खेद प्रकट गरेको छ ।गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले गाजामा अहिलेसम्म १८,००० भन्दा बढी मानिस मारिएको र हजारौं घरबारविहीन भएको बताएको छ।

इजरायलले हमासविरुद्ध भारी बमबारी र भूमिगत सैन्य कारबाही गरिरहेको छ। इजरायलले हमासलाई नखाएसम्म आक्रमण जारी राख्ने बताएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।