ताजा अपडेट »

सडक दुर्घटनामा परी निधन भएका देवकोटाको शोकमा तिलोत्तमा मेला आजका लागि स्थगित

सोमबार, ०४ मंसिर २०८०, १५ : ०४
58 Shares
सोमबार, ०४ मंसिर २०८०
58 Shares

बुटवल । तिलोत्तमामा जारी व्यापार मेला सोमबारका लागि स्थगित भएको छ । सडक दुर्घटनामा परी निधन भएका तिलोत्तमा उद्योग वाणिज्य संघका सल्लाहाकार माधव देवकोटाको शोकमा मेला आजका लागि स्थगित गरिएको तिलोत्तमा उद्योग वाणिज्य संघका एशोसियट सदस्य किशोर पङगेनीले ग्लोबल आवाजलाई जानकारी दिए ।

संघको आकस्मिक रुपमा बसेको बैठकले देवकोटाको अकल्पनीय रुपमा भएको निधनमा गहिरो शोक व्यक्त गर्दै मेला आजका लागि स्थगित गर्ने र भोलिदेखि नियमित रुपमा मेला संचालन गर्ने निर्णय भएको सदस्य पङ्गेनीले बताए । देवकोटाको सोमबार दिउँसो मेला स्थलमा जाने क्रममा तिलोत्तमाको ड्राइभरटोलमा सडक दुर्घटनामा परी निधन भएको थियो ।

उनी सवार लु ४९ प २२३० मोटरसाइकलाई ना ६ ख ८१६१ ट्रकले ठक्कर दिएको थियो । सो दुर्घटनामा परी देवकोटासहित मोटरसाइकलको पछाडी सवार तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी यादा क्षेत्रीको पनि मृत्यु भएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।