ताजा अपडेट »

अभिनेत्री दिपाशा बीसीको निधन

विहीबार, २३ कार्तिक २०८०, १५ : २६
90 Shares
विहीबार, २३ कार्तिक २०८०
90 Shares

काठमाडौं । अभिनेत्री दीपासा बीसी ‘जलपरी’ को निधन भएको छ ।

२८ वर्षीया बीसीलाई बुधबार राति थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई बिहीबार दिउँसो अस्पतालले मृत घोषणा गरेको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए । उनको मृत्युको कारण खुलिसकेको छैन ।

झेली, दुलही रानी, बिरानो माया फिल्ममा अभिनय गरेकी बीसी मोडलिङमा पनि सक्रिय थिइन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।