ताजा अपडेट »

काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले आज अफगानिस्तानसँग खेल्दै

बुधबार, २४ असोज २०८०, ०८ : २६
42 Shares
बुधबार, २४ असोज २०८०
42 Shares

बुटवल । श्रीलंकामा जारी काभा पुरुष भलिबल च्यालेन्ज कपको आफ्नो तेस्रो खेलमा नेपालले बलियो अफगानिस्तानको सामना गर्दैछ । नेपाल र अफगानिस्तानबीचको बुधबार दिउँसो नेपाली समानुसार १ः४५ बजे सुरु हुनेछ ।

नेपालले यसअघिका दुई मध्ये एक खेलमा जित र अर्कोमा हार बहोरेको छ । दोस्रो खेलमाआयोजक श्रीलंकासँग मंगलबार ३–० ले पराजित भएको नेपालले पहिलो खेलमा बंगलादेशलाई ३–१ ले हराएको थियो । अफगानिस्तानले भने पहिलो खेलमा उज्वेकिस्तान र बंगलादेशलाई हराएको थियो । आयोजक श्रीलंकाले पनि दुवै खेल जितेको छ । उज्वेकिस्तानले १ खेल जितेको छ । बंगलादेश र साउदी अरेबियाले भने दुबै खेल गुमाएका छन् ।

६ टोलीको सहभागिता रहेको च्यालेन्ज कपमा राउन्ड रोविन लिगपछि अंकतालिकाका शीर्ष २ टोलीले फाइनल तथा त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । असोज २५ गते आराम दिइएको च्यालेन्ज कपमा नेपालले असोज २६ गते साउदीसँग र असोज २७ गते उज्वेकिस्तानसँग खेल्नेछ । फाइनल र तेस्रो स्थानको खेल असोज २८ गते हुनेछ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।