२३ मंसिर २०८०, शनिबार

Dec 9, 2023

लण्डन । स्वास्थ्य विज्ञहरुले  गैरआवासीय नेपालीहरुमा आत्महत्या र डिप्रेसनको डरलाग्दो समस्या रहेको बताएका छन् । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिको आयोजना र गैरआवासीय नेपाली संघ बेल्जियमको सहकार्यमा आइतबार आयोजित एक भर्चुअल मानसिक स्वास्थ्यसम्बन्धी जनजागरण कार्यक्रममा बोल्ने चिकित्सकहरुले विदेशमा मानसिक स्वास्थ्य बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे ।

Advertisement

कार्यक्रममा स्वास्थ्य समितिका अध्यक्ष डा. सन्जिव सापकोटामा विश्वव्यापी नेपाली समुदायमा डिप्रेसनको समस्या रहेको बताए । उनले साइप्रस, साउदी अरेबिया, इजरायल, यूएई, अष्ट्रेलिया लगायतका देशमा रहेका नेपाली समुदायमाझ मानसिक स्वास्थ्य समस्या बढ्दै गएको बताए । स्वास्थ्य समितिका अनुसार  हालसम्म साइप्रसमा ८ जना, यूएईमा ८८ जना र  मलेसियामा २ सय जना भन्दा बढी नेपालीले आत्महत्या गरेका छन् ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक  डा. संजीव सापकोटाले विश्वव्यापी रुपमा बढ्दै गएको आत्महत्या रोक्नको लागि विशेष जागरण कार्यक्रम ल्याउन जरुरी भएको बताए ।

कार्यक्रममा डा. सुरज थापाले आधुनिकीकरणसंगै आत्महत्या बढेको संसारमा प्रत्येक ४० सेकेन्डमा एक जनाले आत्महत्या गर्ने गरेको जानकारी  दिए। उनले मानिसहरुमा हुने एक्लोपनका कारण पनि  युवाहरुमा आत्महत्या बढेको बताए । उनले गरिव मुलुकमा बढि आत्महत्या हुने गरेको बताउंदै नेपालमा वार्षिक ७ हजार भन्दा बढी मानिसहरुले आत्महत्या गर्ने गरेको तथ्यांक प्रस्तुत गरे । उनले नेपालमा पुरुष भन्दा बढी महिलाहरुले आत्महत्या गर्ने गरेको बताए । उनले आर्थिक संकट, गरिबी, बेरोजार, व्यक्तिगत असफलता, पारिवारिक हिंसा, कुलतमा परेको व्यक्तिहरुले बढी आत्महत्या गर्ने गरेको बताए ।

एनआरएनए बेल्जियमकी महासचिव रुविना शर्माले संचालन गरेको कार्यक्रममा डा. संजय यादवले  मानसिक स्वास्थ्य सम्बन्धी आधारभूत जानकारी दिएका थिए  । डा. यादवले आत्मग्लानि हुने, आफैलाई बोझ लाग्ने, एक्लै बस्दा टोलाउने, भान्सामा चक्कु देख्दा पनि डर लाग्ने जस्ता समस्यहरु मानसिक  रोगको लक्षण भएको बताए ।

एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटाले स्वागत मन्तव्य दिएको सो कार्यक्रममा डा. निसिता पाठकले मानसिक स्वास्थ्यको समस्या बाल्यकालसंग पनि जोडिएको बताइन् । उनले बाल्यकालमा कुन अवस्थामा हुर्किएको हो त्यसले मानसिक स्वास्थ्यमा प्रभाव पार्ने बताइन् । उनले मानसिक रोगको लक्षण देखिए पछि साथीभाई परिवारभित्र खुलेर कुरा राख्न र मानसिक स्वास्थ्य चिकित्सकसंग परामर्श गर्न आग्रह गरिन् । उनले डिप्रेसन भैहाले पनि निको पार्न सकिने बताउंदै  मानसिक स्वास्थ्य समस्या रहेका व्यक्तिहरुलाई समाज र परिवारको सहयोगको ठूलो महत्व हुने बताइन् ।

कार्यक्रममा डा. बोधराज सुवेदीले सहभागीहरुलाई धन्यवाद दिंदै एनआरएनए स्वास्थ्य समितिले विदेशमा रहेका नेपालीहरुको स्वास्थ्यको बारेमा विभिन्न देशमा स्वास्थ्य जनजागरण सम्बन्धी कार्यक्रम आयोजना गर्दै आएको बताए । कार्यक्रममा सहभागीहरुले मानसिक स्वास्थ्य, डिप्रेसशन लगायतका  स्वास्थ्य समस्याकाबारेमा विज्ञ चिकित्सकहरुसंग आफ्ना जिज्ञासाहरु राखेका थिए ।

प्रतिकृया दिनुहोस्

Flash News

नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमाद्वारा रक्तदान गुल्मीमा पत्रकार आचारसंहिता कार्यन्वयनको अवस्था बारे छलफल मोदी फेरी पनि विश्वको लोकप्रिय नेतामा नम्बर १ मा, अमेरिकी राष्ट्रपतिलाइ ३७% मात्रै मत एभरेष्ट अन्तर विद्यालय वादविवादको उपाधि कालिका मानवज्ञानकी करिनालाई तिनाउमा सहकारी समन्वय समिति गठन नेपालगञ्जमा भ्रष्टाचार विरुद्ध ‘वाकाथन’ गुल्मीमा परिवारबाट अपहेलित ८४ वर्षीया वृद्धा : घर पस्न नपाएपछि सार्वजनिक ठाउँमा श्रीमानको काजक्रिया नेपालको वर्तमान आर्थिक अवस्था जुम्लामा जाडोले जनजीवन प्रभावित मिशन चौरासीको मार्गचित्र तिलोत्तमाको नमस्ते एकेडेमीबाट श्रीलङ्कामा सम्पन्न कराँते प्रतियोगिताका पदक विजेतालाई सम्मान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णसञ्चालनको माग गर्दै आन्दोलन सुरुः प्रदेशका गृहमन्त्रीको साथ  उत्तमको अर्धशतकमा पाकिस्तानलाई १५३ रनको लक्ष्य फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो रेमिट्यान्स ३० प्रतिशतले बढ्यो जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ १४ किलो सुन प्रकरण : छानबिनका लागि ६ सदस्यीय समिति गठन जसपाको ३ दिने लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सकियो मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : बैंक दर र नीतिगत दर घट्यो [पूर्णपाठ] नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्दै