१८ मंसिर २०८०, सोमबार

Dec 4, 2023

ओटावा। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले खालिस्तानी आतंकवादी हरदीप सिंह निज्जरको कथित हत्यामा भारतको संलग्नता रहेको कुरा गरे पछि तिब्र बिबाद सुरू भएको छ ।

Advertisement

भारतले ट्रुडोले लगाएका यी आरोपको खण्डन गरिरहेको बेला प्रधानमन्त्री  ट्रुडोको आरोपको खण्डन गर्दै क्यानडाका विपक्षी नेता पियरे पोइलिभ्रेले अब सबै तथ्यसहित स्पष्ट रूपमा आउनु पर्ने बताएका छन्।

‘मलाई लाग्छ कि प्रधानमन्त्रीले सबै तथ्यहरूसँग स्पष्ट हुनु आवश्यक छ। हामीले सबै सम्भावित प्रमाणहरू जान्न आवश्यक छ ताकि क्यानेडियनहरूले त्यसमा निर्णय गर्न सकून,’ पोइलिभ्रेले पत्रकारहरूसँग भने ।

क्यानडाले एक भारतीय कूटनीतिज्ञलाई निष्कासन गरेपछि अरु के गर्ने ? भन्ने प्रश्नमा पोइलिभ्रेले यस्तो जवाफ दिएका हुन ।

पोइलिभ्रेले भने, ‘प्रधानमन्त्रीले कुनै तथ्य दिएका छैनन्। उनले बयान मात्रै दिएका छन्। म मात्र यो जोड दिन्छु कि उनले क्यानाडालीहरूलाई सार्वजनिक रूपमा भनेका कुरामा हामी थप जानकारी जान्न चाहन्छौं।’

उनले थप जानकारी नदिइएमा आरोप झूटो वा पत्याउन नसकिने बताए । सञ्चारकर्मीलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीले हिजो दिएको निष्कर्षमा पुग्न सहयोग पुग्ने प्रमाण चाहिनेसमेत बताएका छन । 

ट्रुडोले हरदीप सिंह निज्जरलाई गोली हानी हत्या गरेको आरोप भारत सरकारलाई लगाएका थिए। उनले आफ्नो देशका राष्ट्रिय सुरक्षा अधिकारीहरूको भनाई उद्यृत गर्दै  ‘भारत सरकारका एजेन्टहरूले’ क्यानाडाली नागरिकको हत्या गरेको दाबी गरेका थिए । त्यसपछि भारत र क्यानडा बिच तनाब बढेकाे छ ।

प्रतिकृया दिनुहोस्

Flash News

व्यवस्था उल्टाएर दलित समुदायको अधिकार कुण्ठिन गर्न खोजिँदै छ : माओवादी नेता बराल पाल्पाको तिनाउ मावीको हीरक महाेत्सवका अवसरमा विभिन्न प्रतियाेगिता भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा उडानलाई नियमित गराउन काठमाडौंमा दबाब नेप्से घट्ने क्रम जारी बुटवलका ४१ विद्यार्थीहरुलाई ईन्द्रज्योती विश्वकर्मा कल्याणले दियो छात्रवृत्ति हुम्ला, मुस्ताङ र कालीकोटमा हिमपात : जनजीवन कष्टकर तेलंगानामा दुर्घटनाग्रस्त भारतीय वायुसेनाको ट्रेनर विमानका चालक दलका दुवै सदस्यको मृत्यु कांग्रेस लुम्बिनी प्रदेशको निर्णयः निर्वाचन पूर्व कुनै पनि गठबन्धन नगर्ने कोप–२८ : चर्चा हिमालका मुद्दाको, नेतृत्व नेपालको दुबई–नेपाल हुँदै दिल्ली पुगेर बेचिएकी उज्बेक युवती अफरोजाको दर्दनाक कथा गठबन्धन : सबैभन्दा ठूलो दल जटायु रेष्टुराँ सञ्चालनले बढ्यो गिद्धको सङ्ख्या एनआईसी एशियामा अब सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेहका बिरामीका लागि छुट्टै क्लिनिक एमालेको संकल्प यात्रा : आज सुर्खेतमा आमसभा हुँदै नेकपा एसको सचिवालय बैठक बस्दै एनएसएल : आज झापा र काठमाडौं भिड्दै उपप्रधानमन्त्री खड्का घाना प्रस्थान कांग्रेस लुम्बिनीको प्रदेश सम्मेलन : संघिय व्यवस्था अनुसार तहगत संरचनालाई पूर्ण रुपमा जिम्मेवारी प्रदान गर्न माग मङ्सिर २० केपि ओलि गुल्मीको वामिटक्सार आउने