ताजा अपडेट »

कालिका बाल क्लबद्वारा अनाथ विद्यार्थीलाई सहयोग हस्तान्तरण

शुक्रबार, २९ भदौ २०८०, २१ : १८
14 Shares

बुटवल । कालिका मानवज्ञान मावि सेक्टर-२ बुटवल रुपन्देहीमा अध्यनरत विध्यार्थीको बाल क्लबले बाल दिवसको अवसरमा सोही विद्यालयको छात्राबासमा बसी अध्ययन गर्ने अनाथ विद्यार्थीलाई सहयोग हस्तान्तरण गरेका छन्। विद्यार्थीको सक्रियतामा थोरै थोरै रकम गरी जम्मा भएको दश हजार तीन सय पञ्चानब्बे नगद र केही खाद्य सामग्री एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवाली, प्रधानाध्यापक दिनेश थापा, सेक्टर २ इन्चार्ज कृष्ण गौतम, अतिरिक्त क्रियाकलाप संयोजक रिजन केसी, छात्रावास संयोजक रामबहादुर जिसी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष ज्ञवालीले विद्यार्थीले गरेको यस कार्यको प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरे। बाल क्लबको अध्यक्ष कक्षा दशमा अध्ययनरत छात्रा सम्पदा गौतमले कार्यक्रमको सञ्चालन गरेकी थिइन्। यसका साथै क्लबकै आयोजनामा  सेक्टर २ का विद्यार्थीले जनचेतनामुलक र्याली समेत सम्पन्न गरेको इन्चार्ज कृष्ण गौतमले बताए।

विद्यालयमा नियमित कार्यक्रम अन्तर्गत तीज गीत तथा नृत्य प्रतियोगिता पनि  दुबै सेक्टरमा सम्पन्न भएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।