१० आश्विन २०८०, बुधबार

Sep 27, 2023

काठमाडौं । आफूले काम गरेका हरेक फिल्मबाट प्रशंसा बटुल्दै आएका नायक सुशील सिटौला निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘मायावी’मा अनुबन्धित भएका छन् ।

Advertisement

निर्देशक भट्टराइले फिल्ममा सुशीललाई प्रमुख अभिनेताका रुपमा भित्र्याइएको जानकारी दिए । सुशिलले यस अघि अभिनय गरेका होस्टेल रिटन्र्स,  गाजा बाजा, रणवीर, जुलेबी, एैँचो पैँचोबाट आप्नो कामको निकै प्रशंसा पाएका थिए ।

निर्देशक भट्टराइले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर बुधबार फिल्म निर्माणको घोषणा गरेका थिए ।

फिल्ममा भट्टराई स्वयंको कथा रहनेछ । फिल्ममा यसअघि अभिनेता पल शाह र अभिनेत्री दीपिका प्रसाईं मुख्य कलाकारको रुपमा फाइनल भैसकेका छन् । पल शाहले करिब २ बर्षपछि फिल्ममा कमब्याक गर्न लागेका हुन् । नायिका प्रसाँइले भने ‘ऐश्वर्य’मा दिवाकरसँग काम गरिसकेकी छिन् ।

क्रिएटिभ सिने आर्टसले निर्माण गर्न लागेको फिल्मका अन्य कलाकार र प्राविधिक केही समयपछि जानकारी दिने निर्माणपक्षले बताएको छ ।  फिल्ममा एसडी योगीको संगीत, राम अविरल विष्टको गीत, राजुविक्रम थापाको डिओपी रहनेछ । 

फिल्म असोज २ गतेबाट फ्लोरमा जानेछ । फिल्मको छायांकन पोखराको रमणीय स्थलमा गरिने निर्देशक भट्टराईले जानकारी दिए । पोखराकै परिवेशमा रहेर यो फिल्मको कथा बुनिएको निर्माणपक्षले जानकारी दिएको छ ।

दिवाकरले यसअघि ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ड्रिम्स’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ जस्ता चर्चित फिल्म निर्देशन गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस्

Flash News

बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा सेयर बजार १८.६० अंकले घट्यो सुन किन्ने बहानामा चोरी गर्ने चारजना पक्राउ चलचित्र परदेशी-२ को शिर्ष गीत ‘परदेशी छुकछुके रेलैमा..’ सार्वजनिक हत्या आराेपमा एकजना पक्राउ पर्यटन प्रर्वद्धनमा नीजि र सरकारी क्षेत्रको सहकार्य आवश्यक लागूऔषधसहित ९ जना पक्राउ रुपन्देहीका ३ सय ६० विद्यार्थीलाई शान्ती र सद्भावका लागि संबाद शिक्षा जुवा खेलिरहेको अवस्थामा १८ जना पक्राउ सालकको खपेटासहित चारजना पक्राउ बालिका बलात्कार आराेपमा एकजना पक्राउ उपचार छाडेर चिकित्सक आन्दोलनमा, सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री बस्नेत नयाँ खिम्ती २२० केभी सबस्टेसनको क्षमता बृद्धि : विद्युत् खेर नजाने, निर्यात परिमाण बढ्ने प्रधानमन्त्री प्रचण्ड ल्हासामा घट्यो सुनचाँदीको मूल्य गाडीले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु