ताजा अपडेट »

बुटवल जेसीज ५०औ बर्षमा प्रवेश: अर्थमन्त्रीद्वारा उद्घाटन, स्वर्णजयन्तीमा सप्ताहव्यापी कार्यक्रम

मंगलबार, १९ भदौ २०८०, १२ : ०९
58 Shares
मंगलबार, १९ भदौ २०८०
58 Shares

बुटवल । बुटवल जेसीज स्थापनाको ५०औ बर्षमा प्रवेश गरेकोछ। नेपाल सरकारका अर्थमन्त्री डा प्रकाश शरण महतले एक समारोहका बीच ५० औ स्थापना दिवस स्वर्णजयन्तीको भव्य समुद्घाटन गरेका थिए। कार्यक्रमलाइ सम्बोधन गर्दै अर्थमन्त्री डा महतले आम युवाहरुले नेपालमा आफ्नो भविस्य सुनिश्चित देख्ने गरि सरकारले काम गरेको बताउनुभयो। निराशाका कुरा गरे नतिजा पनि नकारात्मक आउने हुदा अर्थतन्त्रमा आशाका किरणहरु आइसकेकोले सकारात्मक मनोविज्ञान सहित अगाडि बढ्न अनुरोध गरे।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डे, तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाण, अन्तर्राष्ट्रिय जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष सन्तोष रिजाल, नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष जगतबहादुर पोख्रेल, नेपाली काँग्रेसका केन्द्रीय सदस्य(नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष दिनेश कोइराला, जेसिआई फाउण्डेशन चियर प्रकाश घिमिरे, बुटवल उद्योग वाणिज्य सघका वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल लगायतले शुभकामना व्यक्त गरे ।

स्वर्णजयन्तीको अवसरमा बुटवल जेसिजको प्राङ्गणमा अर्थमन्त्रीद्वारा स्वर्णजयन्ती स्तम्भ शिलान्यास, चादिको ५० सिक्का अनावरण, ५० दिप प्रज्वलन गरिएको थियो। साथै कार्यक्रममा पुर्व अध्यक्षहरुलाइ सपत्नी सहित सम्मान गरिएको थियो । विभिन्न साङ्गेतिक कार्यक्रम सहित रात्रीभोजको कार्यक्रम समेत आयोजना गरिएको थियो ।

कार्यक्रम बुटवल जेसीजका अध्यक्ष हरि विक्रम कुवरको अध्यक्षता, बुटवल जेसीजका पुर्व अध्यक्षर स्वर्णजयन्ती समारोहका मुल संयोजक मनोज भट्टराईको स्वागत, उद्घाटन कार्यक्रमका संयोजक एवं कार्यकारिणी उपाध्यक्ष मोहन न्यौपानेको आस्था पाठ, साप्ताहिक कार्यक्रममा मुल संयोजक एवं बुटवल जेसीजका कार्यकारिणी उपाध्यक्ष अर्जुन ज्ञवालीको मिसनभिजन बाचन तथा महासचिव चन्द्रकान्त डुम्रेको सन्चालनमा सम्पन्न भएको थियो । यस अघि स्थापनाको अघिल्लो दिन पुर्व सन्ध्यामा जेसीज भवन परिसर जेसीज चोकमा दिपवाली गरिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।