ताजा अपडेट »

एमाले लुम्बिनी प्रदेश अधिवेशन : नेतृत्व चयनका लागि मतदान सुरु, दिउँसो १ बजेसम्म अवधि

मंगलबार, १९ भदौ २०८०, ०८ : ५८
67 Shares

बुटवल । नेकपा एमालेको बुटवलमा जारी प्रथम लुम्बिनी प्रदेश अधिवेशन अन्तरगत नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । भदौं १६ गतेदेखि बुटवलको अन्तर्राष्ट्रिय सम्मेलनकेन्द्रमा जारी अधिवेशन अन्तरगत अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष राधाकृष्ण कंडेल र केन्द्रीय सदस्य हरिप्रसाद रिजाल बीच प्रतिस्पर्धा हुन लागेको हो ।

बिहान पौने ९ बजेदेखि सुरु भएको मतदान दिउँसो १ बजेसम्म मात्रै हुने मुख्य निर्वाचन अधिकृत हरिप्रसाद भण्डारीले बताए। कँडेल उपाध्यक्ष विष्णु पौडेल र रिजाल महासचिव शंकर पोखरेल निकटका हुन्। लुम्बिनीमा बन्ने २०५ सदस्यीय प्रदेश कमिटीका लागि ३६४ जनाको उम्मेदवारी परेको छ। उपाध्यक्षमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ, विश्वराज बराल र बाँकेका पूजन विश्वकर्माको उम्मेदवारी परेको छ।

सचिवमा दाङका लक्ष्मण आचार्य (निर्विरोध) उम्मेदवारी पर्दा उपसचिव खुलामा ४ र महिलामा ३ जनाको उम्मेदवारी छ। उनीहरू उपेन्द्रलाल कामी–रुकुम पूर्व, दुर्गाप्रसाद थारू चौधरी-बाँके, पूर्ण बुढामगर-रोल्पा र हिरा एसी-गुल्मी हुन्।

यस्तै, महिला उपसचिवमा बाँकेकी आरती पौडेल, वसन्ती अधिकारी र बर्दियाकी लिला रानामगरको उम्मेदवारी रहेको छ। नेतृत्वका लागि १००४ जना प्रतिनिधिले मतदान गर्दै छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।