१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

बुटवल । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टीको आगामी नेतृत्व पनि केपी ओलीभन्दा अरूबाट नहुने बताएका छन् ।

Advertisement

‘एमालेमा नीति र नेतृत्वको विषयमा कुनै समस्या छैन, हामी नीतिमा स्पष्ट छौँ, नेतृत्वमा केपी शर्मा ओलीको विकल्प छैन, उहाँकै नेतृत्वमा पार्टीले मिसन ८४ बनाएको छ, त्यसमा कोही कसैले कुण्ठित विचार नराखे हुन्छ’ बुटवलमा शनिवार आयोजित एमाले प्रदेश अधिवेशनमा उनले भने ।

‘एमालेभित्र विधि र नीतिको विषयमा कुनै विमति नभएको, नेतृत्वको विषयमा कुनै विवाद छैन, विवाद ल्याउने कोसिसलाई पानीको फोकाजस्तै बनाएर जाने छौँ ।

अहिले बलियो पार्टी रहेको एमालेमा विग्रह चाहने अवसरवादीहरूका विषयमा एमाले प्रष्ट छ’ पौडेलले भने–‘पार्टी र गुट विपरीत हुन्, हामीले गुट बन्न नदिने तरिकाले अगाडि बढाएका छौँ । एमालेभित्र गुटको चर्चा गरेर बस्ने छुट कसैलाई नभएको र गुट-उपगुटका रंगिन समाचारबाट सबै प्रतिनिधि सचेत हुनुपर्ने अवस्था छ ।’ पौडेलले केही समयअघि एमालेले जित्नै पर्ने क्षेत्र गुमाएका विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन् ।

उनले एमालेले जित्नै पर्ने ठाउँ गुमेको, धेरै मतान्तरले जित्ने ठाउँमा कम मत आएको विषय प्रदेश अधिवेशनमा गम्भीर समीक्षा बन्नुपर्ने बताए । ‘विगतका अनुभव, कमजोरीको समीक्षा हुनुपर्दछ, एमालेमा रहेर विरोधीसँग गठजोड गर्ने, सक्रिय नहुने, जिम्मेवारी पूरा नगर्नेलाई अब छुट हुनेछैन’, उनले भने।

प्रदेश नेतृत्वको विषयमा महासचिव शंकर पोखरेलसँग जोडेर केही समाचार अर्नगल भएको उनले बताए । ‘एमालेको भविष्यवाणी गर्ने अधिकार यसका सदस्यलाई, प्रतिनिधिलाई मात्र भएको, बाहिर बसेर पार्टीलाई संकटमा धकेल्न सकिन्छ भनेर मुख मिठाउनेलाई बलियो जवाफ दिनुपर्ने समय आएको छ’ उनले भने ।

लुम्बिनीमा एमाले बलियो भएको देख्न नसक्ने शक्तिले चलाएको हल्लामा नेताकार्यकर्ताहरुले वास्ता गर्न नपर्ने उनको भनाइ थियो । नेता पौडेलले अहिलेको सरकार विदेशीको इशारामा चलेकाले देशवासीले कुनै अपेक्षा गर्न नसक्ने बताए ।

‘सरकारमा बसेका सबैलाई एउटै चिन्ता छ, एमाले बलियो बन्छ भनेर मोर्चाबन्दी गरिएको छ, यसमा विदेशी शक्ति केन्द्रले खेलेका छन्, यसलाई चिर्न अब पार्टीपंक्ति एकताबद्ध हुन जरुरी छ’ उनले भने ।

प्रतिकृया दिनुहोस्

Flash News

आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता कोपको सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री दुबई प्रस्थान नेकपा एमालेको मध्य पहाडी लोकमार्ग पदयात्रा आजबाट सुरु हुँँदै सुपर लिगः धनगढी र बुटबल लुम्बिनी भिड्दै वडाध्याक्षकै अगुवाइमा बाटो अवरुद्ध