१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

बुटवल । नेकपा एमालेका उपमहासचिव प्रदिपकुमार ज्ञवालीले सरकार आफ्ना व्यक्तिहरुलाई उन्मुक्ति दिँदै भ्रष्टाचार विरुद्धको अभियानमा छौं भनेर ध्वङ र पाखण्ड प्रस्तुत गरिरहेको बताएका छन् ।
प्रधानमन्त्रीले आफ्नो जनअदालत ब्युझाउन खोजेको आरोप लगाउँदै उनले आफू निकटका व्यक्तिहरुलाई उन्मुक्ती दिने खालका अभिव्यक्तिहरु दिने गरेको उल्लेख गरे ।

Advertisement

बुटवलमा शनिबारदेखि सुरु भएको एमाले प्रथम लुम्बिनी प्रदेश अधिवेशनको उद्घाटनका अवसरमा बोल्दै उपमहासचिव ज्ञवालीले ललिता निवास प्रकरणमा सत्ता टिकाउन प्रधानमन्त्री प्रचण्डले आफ्ना व्यक्तिहरुलाई उन्मुक्ति दिने काम गरिरहेको उल्लेख गरे । ललिता निवासमा मुछिएका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई प्रधानमन्त्री प्रचण्डले सुनपानी छर्मीए जस्तै उनले चोखो भएको भनी बोलेर जनअदालत ब्युझाउन खोजेको आरोप लगाए । ‘ललिता निवासमा मुछिएकाहरुलाई सुनपानी छर्केर चोखाउँदै हुनुहुन्छ । तपाई को हो ?’- प्रधानमन्त्रीलाई उनको प्रश्न थियो ।

देशमा अस्थिरता निम्त्याउन प्रमुख प्रतिपक्षमा रहेको एमालेविरुद्ध सत्तारुढ दलहरूले विदेशी शक्तिहरूसँग मिलेर मोर्चाबन्दी गरेको आरोप लगाएका छन् ।
नेता ज्ञवालीले प्रमुख प्रतिपक्षविरुद्ध मोर्चाबन्दी गरेको विषय सामान्य नभएको बताए । उनले भने, ‘देशी विदेशी शक्ति मिलेर एमालेलाई कमजोर बनाउन यसो गरिएको हो । देशमा अस्थिरता निम्ताउन यसरी एमालेविरुद्ध मोर्चाबन्दी गरिएको छ, हरेक एमालेका सचेत कार्यकर्ताले यो विषय बुझ्न जरुरी छ, यतिबेला पार्टी शान्तिपूर्ण युद्धमा छ, लुम्बिनीबाट देशका आम कार्यकर्तालाई सन्देश दिनुपर्ने छ, त्यसैले साथीहरुले यहाँबाट त्यो सन्देश दिनुहुनेछ ।’

सत्तारुढ दलहरू र प्रधानमन्त्रीलाई आलोचना गर्दै आफ्नो कुर्सीको दीर्घायुको लागि जस्तोसुकै सम्झौता गर्नेहरूबाट नेपालीले कुनै आशा गर्न नसक्ने उनले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

अस्टिनवासी समुदायसँग नेजाद्वारा अन्तरक्रिया प्रदीप खड्का ‘ऐरी’ बाट बलिउडमा प्रवेश गर्दै बिल नभएको सुन जस्तो देखिने धातुसहित एकजना पक्राउ प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर