१२ मंसिर २०८०, मंगलवार

Nov 28, 2023

बुटवल । नेकपा (एमाले) को प्रथम लुम्विनी प्रदेश अधिवेशन आजदेखि बुटवलमा हुँदै छ । अधिवेशन उद्घाटनका लागि अध्यक्ष केपी शर्मा ओलीसहित शिर्ष नेताहरु शनिबार बुटवल आएका छन् ।   बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरमा जारी उद्घाटनसत्रमा एमाले नेता कार्यकर्ताले अध्यक्ष ओलीलाई पर्खिएर बसेका छन् ।

Advertisement

मध्यान्न १२ बजे उद्घाटन गर्ने भनिएको सभामा अध्यक्ष ओली भने अझै उपस्थित भएका छैनन् । लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट हजारौंको सङ्ख्यामा प्रतिनिधि तथा एमाले नेता कार्यकर्ताहरु कार्यक्रममा उपस्थित भएका छन् ।

यो वर्षलाई अधिवेशन वर्षको रुपमा घोषणा गरेको एमालेले यस लगत्तै अन्य प्रदेशहरुमा पनि अधिवेशनको तयारी अघि बढाएको छ । लुम्बिनीको पहिलो अधिवेशनले पार्टी र मुलुकलाई नयाँ सन्देश दिने नेताहरुले दाबी गरेका छन् ।

अधिवेशनले यसअघि ५७६ सदस्यीय रहेको प्रदेश संगठन कमिटीलाई २०५ सदस्यीय बनाउनेछ । सम्मेलनका लागि रुपन्देहीबाट सबैभन्दा धेरै १ सय ६४, कपिलवस्तुबाट ७२, दांङबाट १३१, बाँकबाट ५४, बर्दियाबाट ७४, रुकुमपूर्वबाट १२, रोल्पाबाट २७, प्युठानबाट ५७, अर्घाखाँचीबाट ८२, गुल्मीबाट १११, पाल्पाबाट ८३ र पश्चिम नवलपरासीबाट ५२ जना प्रतिनिधि छनोट भएका छन् । त्यस्तै जनसंगठनबाट ८३ गरी जम्मा १००४ जना प्रतिनिधि छनोट भएका एमाले प्रचार प्रसार विभाग प्रमुख डिआर घिमिरेले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्ड र केपी ओलीबीच भेटवार्ता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सुचारु गर्न आवश्यक पहल गरी दिन उद्योगीको देउवासँग आग्रह बसाइँसराइको समस्या विकराल : मन्त्री बस्नेत भूकम्प प्रभावितलाई राहतका लागि टानले गर्‍यो ५० लाख बढी सहयोग शान्तिपुरमा मनिषा मृत्यु प्रकरण : घाँटी थिची अचेत बनाएर बलात्कारपछि हत्या विष्णुका बयान इन्धन अभावका कारण उत्तरी गाजा अस्पतालमा ’जोखिममा जीवन’ सुनको मूल्यको फेरि नयाँ रेकर्ड कतारको मध्यस्तमा गाजामा थप दुइ दिन युद्बबिराम, यस बिचमा यस्तो गरिदैँछ ११ किलोमिटर लामो नहर सफा गर्न खटिए एक हजार जना एमाले अध्यक्ष ओली आज धनगढी जाँदै पाकिस्तानी पुर्व प्रधानमन्त्री खानका सल्लाहकारमाथि बेलायतमा एसिड प्रहार एमाले निकट प्रेस चौतारीको सम्मेलन आजबाट सुरु हुँदै आज पनि बस्दै रास्वपाको केन्द्रिय समिति र दलको बैठक भूकम्पको असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी ! अरनिको बहुउद्देश्यीय सहकारीको २३ औं साधारण सभा सम्पन्न लुम्बिनीका अस्पताल बिकास समितिहरुमा नियुक्ती बदरको मागसहित सर्बोच्चमा रिट दायर बझाङबाट ९१ किलो गाँजासहित तीन जना पक्राउ गौशालामा प्रहरी र प्रसाईं समर्थकबीच झडप ‘उमेर भिन्नता’को कारण थाइल्यान्डमा बेहुलाद्वारा बेहुलीसहित चार जनाको हत्या !