१४ मंसिर २०८०, बिहीबार

Nov 30, 2023

बुटवल । नेकपा (एमाले)को बुधबार सिराहाको सर्रे अम्बासमा बसेको सचिवालयको २५ औं बैठकले संविधान जारी भएको दिन, असोज ३ गते सातवटै प्रदेशमा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । संविधान जारी भएको ऐतिहासिक दिनको अवसर पारेर सातै प्रदेशमा कार्यक्रम आयोजना गर्ने निर्णय गरेको एमालेले जनाएको छ ।

Advertisement

एमालेले दशैं र तिहार पर्वको बीचमा पोलिट्ब्युरो बैठक गर्ने निर्णय गरेको छ। मंसिरमा केन्द्रीय कमिटी बैठक राख्ने र बैतडीको झुलाघाटदेखि पाँचथरको चिवा भञ्ज्याङसम्म पुष्पलाल मध्यपहाडी राजमार्ग केन्द्रित अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। मंसिरमा धनगढीमा केन्द्रीय कमिटी राख्ने र त्यसले पुष्पलाल मध्यपहाडी राजमार्ग केन्द्रित अभियानको योजना बनाउने पनि एमालेले बताएको छ।

२०७३ फागुन २१ देखि चैतको ९ गतेसम्म एमालेले मेची-महाकाली अभियान चलाएको थियो। अहिले मध्यपहाडी राजमार्गमा त्यस्तै युवालक्षित अभियान चलाउन लागेको हो।

एमालेले काठमाडौं बाहिर  केन्द्रीय कमिटीको बैठक राख्ने र केन्द्रीय सदस्यहरूलाई फरक भूगोलसँग साक्षात्कार गराउने नीति लिएको छ। यसअघि झापाको दमकमा पाँचौं केन्द्रीय कमिटीको बैठक आयोजनाको तयारी गरेको थियो। तर, कोशीमा पहिचानको आन्दोलन चर्किएकाले वैशाख २८ देखि ३० गतेसम्म काठमाडौंमै केन्द्रीय कमिटी बैठक राख्यो।

एमालेले चौथो महाधिवेशन आयोजना भएको विष्णुपुरकट्टीको सर्रे अम्बासमा नजिकैको विद्यालयलाई मदन भण्डारीको नामबाट नामकरण गरी ३ लाखको अक्षय कोषसमेत खडा गरेको छ। विद्यालयको नाममा १८ कट्ठा जग्गा पनि खरिद गरेको छ। ‘अध्यक्ष केपी शर्मा ओलीले उहाँको पत्नी राधिका शाक्यको नामबाट तीन लाख रुपैयाँको अक्षय कोष स्थापना गर्नु भएको छ,’ सचिव योगेश भट्टराईले भने।

त्यस्तै चौथो महाधिवेशन भएको काठेघरलाई संरक्षण गर्न त्यहाँको १४ कट्ठा जग्गालाई मदन भण्डारीको पार्कको नाममा खरिद् गरिएको छ। बुधबार त्यहाँ नेपाल कम्युनिस्ट आन्दोलनको ७५ वर्ष पूरा भएको सन्दर्भमा हिरक स्तम्भको समेत शिलान्यास गरिएको छ।

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा छाडा चौपायाको व्यवस्थापन गर्न कोष र नगरपालिकाविच सहकार्य बौद्व शिक्षाबाट विश्वमा शान्ति फैलाउन सकिन्छ : प्रदेश प्रमुख शेरचन हरियाली प्रबर्द्धनमा नमस्ते एकेडेमी भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलाइ गरिँदैन : गृहमन्त्री आम्दा अस्पतालमा सुत्केरी मृत्यु प्रकरण : ३ दिनदेखि शव अस्पतालको गेटमा बाग्लुङका कांग्रेसका क्षेत्रीय सभापति पक्राउ, आरोप- मापसे गरी प्रहरीमाथी कुटपिट एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी नक्कली शरणार्थी प्रकरणमा जवाफी बहस जारी, खाँणलाइ थुनामुक्त गर्न माग रविको राजनीतिक प्रतिवेदन – प्रदेश भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्तीकेन्द्र बन्याे, विकल्प सोच्नुपर्छ आगो ताप्ने क्रममा जलेर मृत्यु विपिनका बाआमा भन्छन्– समाचार हेर्दै रात बित्छ सुनको मूल्य स्थिर बढ्दै छ सामुदायिक विद्यालयप्रति आकर्षण इजरायल र हमासबीचको युद्धविराम थप १ दिन लम्ब्याइयो कोप–२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा एमालेको मध्य पहाडी लोकमार्ग पद यात्रा सुरू (फाेटाेफिचर) चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयारी सुरू इजरायली जेलमा यौन दुर्व्यवहार हुने गरेको मुक्त कैदीहरुको दाबी प्रथम केपीओली कप टि २० : रोहित र सन्दीपको टिम भिड्दै दक्षिण एसियामै पहिलोपटक लमजुङमा समलिंगी विवाह दर्ता