१८ मंसिर २०८०, सोमबार

Dec 4, 2023

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशन यही भाद्र १६ र १७ गते बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुँदै छ । अधिवेशन नजिकिँदै गर्दा महासचिव शंकर पोखरेल र उपाध्यक्ष विष्णु पौडेल निकटका नेता कार्यकर्ताहरु बीच आन्तरिक तयारी र छलफल तिब्र भएका छन् । यसै बीच पोखरेल निकट नेता कार्यकर्ताको एक गोप्य छलफल सार्वजनिक भएको छ ।

Advertisement

एमाले लुम्बिनी प्रदेश अधिवेशनबाट अध्यक्ष हुनका लागि वर्तमान अध्यक्ष समेत रहेका पाल्पाका राधाकृष्ण कडेल र एमाले केन्द्रिय सदस्य समेत रहेका प्युठानका हरि रिजाल आकांक्षी छन्। दुबै नेताहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर अध्यक्ष बनाईदिनका लागि आग्रह गरेका समेत गरेका थिए । तर अध्यक्ष ओलीले दुबैलाई अधिवेशन सम्पन्न गर्ने तिर लाग्नुस भन्दै पठाइदिएपछि उनीहरु आफू निकट गुट समाउन लागेको एमाले कार्यकर्ताहरु बताउछन्। हादका अध्यक्ष कंडेल उपाध्यक्ष विष्णु पौडेल निकटमा मानिन्छन् भने रिजाल महासचिव विष्णु पौडेलको योजना अनुसार अध्यक्ष पदमा उम्मेद्वारी दिन लागेको एमाले कार्यकर्ताहरु बताउँछन् ।

यसै बीच अध्यक्ष पदका आकांक्षी रिजालको पक्षमा माहोल बनाउने भन्दै बुटवलको ढवाहमा रहेको आरम्भ रिसोर्टमा मंगलबार दिउसो रिजालको कोर टिमको गोप्य भेला भएको कुरा सार्वजनिक भएको छ ।हरि रिजाल पक्षका कोर टिम भनिएकाहरुको विशेष भेलामा एमाले केन्द्रिय सदस्यहरु बलराम अधिकारी, चेतनारायण आचार्य, शिवराज सुवेदी, भुमिश्वर ढकाल, पाल्पाका नारायण प्रसाद आचार्य, नवलपरासीका थान प्रसाद गैरे सहित करिव ३५ जना भेला भएका थिए। भेलामा रुपन्देहीका जिल्ला, प्रदेश तथा केन्द्र तहका अन्य नेताहरु समेत सहभागी भएको स्रोतको दाबी छ ।

हामीलाई प्राप्त भेलाको तस्वीरले एमालेका ति केन्द्रिय सदस्यहरु सहभागी भएको पुष्टि गरेको छ। मँगलबार दिउसो २ बजे आसपासबाट सूरु भएको भेला सांझ करिव ६ बजेसम्म चलेको थियो। भेलामा रिजालको टिममा अरु को कसलाई कसरी समावेश गर्ने भन्ने छलफल र चुनाव नै भएमा कसरी जित्न सकिन्छ भन्ने रणनीती बनाउने काममा केन्द्रित रहेको भेलामा सहभागी एक नेताले बताए । ‘जसरी पनि राधाकृष्ण कंडेललाई रोक्नु पर्छ नभए हामीलाई पनि अप्ठेरो पर्छ हामी केन्द्रिय सदस्य भएपनि कंडेलले निरिह बनाउछन् ।’-भेलामा उल्लेख गरिएका प्रसङ्ग उल्लेख गर्दै बैठकमा सहभागी एक सदस्यले बताए ।

एमाले भित्र स्वच्छ तथा सालिन नेताका रुपमा पहिचान बनाएका कंडेल एक वर्ष अघि मात्रै लुम्बिनी प्रदेश अध्यक्षको जिम्मेवारीमा आएका थिए।

प्रतिकृया दिनुहोस्

Flash News

व्यवस्था उल्टाएर दलित समुदायको अधिकार कुण्ठिन गर्न खोजिँदै छ : माओवादी नेता बराल पाल्पाको तिनाउ मावीको हीरक महाेत्सवका अवसरमा विभिन्न प्रतियाेगिता भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलमा उडानलाई नियमित गराउन काठमाडौंमा दबाब नेप्से घट्ने क्रम जारी बुटवलका ४१ विद्यार्थीहरुलाई ईन्द्रज्योती विश्वकर्मा कल्याणले दियो छात्रवृत्ति हुम्ला, मुस्ताङ र कालीकोटमा हिमपात : जनजीवन कष्टकर तेलंगानामा दुर्घटनाग्रस्त भारतीय वायुसेनाको ट्रेनर विमानका चालक दलका दुवै सदस्यको मृत्यु कांग्रेस लुम्बिनी प्रदेशको निर्णयः निर्वाचन पूर्व कुनै पनि गठबन्धन नगर्ने कोप–२८ : चर्चा हिमालका मुद्दाको, नेतृत्व नेपालको दुबई–नेपाल हुँदै दिल्ली पुगेर बेचिएकी उज्बेक युवती अफरोजाको दर्दनाक कथा गठबन्धन : सबैभन्दा ठूलो दल जटायु रेष्टुराँ सञ्चालनले बढ्यो गिद्धको सङ्ख्या एनआईसी एशियामा अब सम्पूर्ण प्रकारका कर्जाको अधिकतम प्रिमियम दर ३ प्रतिशत लुम्बिनी प्रादेशिक अस्पतालमा मधुमेहका बिरामीका लागि छुट्टै क्लिनिक एमालेको संकल्प यात्रा : आज सुर्खेतमा आमसभा हुँदै नेकपा एसको सचिवालय बैठक बस्दै एनएसएल : आज झापा र काठमाडौं भिड्दै उपप्रधानमन्त्री खड्का घाना प्रस्थान कांग्रेस लुम्बिनीको प्रदेश सम्मेलन : संघिय व्यवस्था अनुसार तहगत संरचनालाई पूर्ण रुपमा जिम्मेवारी प्रदान गर्न माग मङ्सिर २० केपि ओलि गुल्मीको वामिटक्सार आउने