२३ मंसिर २०८०, शनिबार

Dec 9, 2023

बुटवल । एट्लस वेलफेयर अर्गनाइजेशनले बुटवल ८ रामनगरस्थित जनता माविमा अध्ययनरत छात्राहरुलाई लक्षित गरी सेनटरी प्याड, डिस्पेन्सर र डिस्पोजनमेशिन प्रदान गरेको छ । बुटवल शहरभित्र भएपनि आर्थिक रुपमा विपन्न विद्यार्थीहरुले अध्ययनगर्ने विद्यार्थीहरुलाई मध्यनजर गरी सामाजिक उत्तरदायित्व अन्तर्गत वेलफेयरले सहयोग प्रदानगरेको हो । बुटवल उपमहानगरपालिकाका वडा न. ८ कावडाअध्यक्ष यज्ञप्रसाद पंगेनी तथा वेलफेयरका अध्यक्ष कल्पना श्रेष्ठले संयुक्त रुपमा विद्यालयव्यवस्थापन समितिका अध्यक्ष जेवि गुरुङ र विद्यालयका प्रधानाध्यापक आशा थापालाई एक/एक थानसेनेटरी प्याडको डिस्पेन्सर र डिस्पोजन मेशिन प्रदान गरेकी हुन ।

Advertisement

उक्त अवसरमा वडाअध्यक्ष यज्ञप्रसाद पंगेनीलेआर्थिक रुपमा विपन्नहरुले अध्ययन गर्ने विद्यालयमा संस्थाले सहयोग गरेर राम्रो काम गरेकोबताए । उनले उपमहानगरले सेनेटरी प्याड वितरण गर्दै आएको तर, यहाँ नपुगेकोगुनासोको सम्बन्धमा कार्यपालिकामा आफुले कुरा उठाउने बताए । उक्त अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षजेवि गुरुङले वेलफेयरले सेनटरी प्याडको मेशिनहरु प्रदान गरेर ठूलो सहयोगगरेको बताउँदै प्याडका लागि समेत पहल गर्न आग्रह गरे । उनले उपमहानगरले गरिब रविपन्न विद्यार्थीहरु अध्ययन गर्ने विद्यालयमा छात्राहरुलाई सेनेटरी प्याड उपलब्ध गराउनुपर्नेबताए ।

त्यस्तै विद्यालयका प्रधानाध्यापक आशा थापालेमजदुर तथा आर्थिक रुपमा कमजोर विद्यार्थीहरु विद्यालयमा अध्ययन गर्ने भएकाले सेनेटरीप्याडका लागि मेशिन उपलब्ध गराएर संस्थाले अति आवश्यक सहयोग गरेको बताए । उनले बुटवलउपमहानगरले एक वर्षदेखि सेनेटरी प्याड वितरण नगर्दा निकै मर्का परेको गुनासो गरिन। सामाजिक रुपमा विभिन्न क्षेत्रमा सहयोग गर्दैआएको वेलफेयरका अध्यक्ष कल्पना श्रेष्ठले महिनावारी हुने विद्यार्थीहरुलाई लक्षित गरीविद्यालयलाई प्याड र मेशिन सहयोग स्वरुप हस्तान्तरण गरेको बताईन ।

उनले अहिले पनिमहिनावारी हुँदा छात्राहरु विद्यालय नआउने, लजाउने जस्ता समस्याहरु देखिएको बताउँदैत्यसको अन्त्य गर्नुपर्नेमा जोड दिईन । उक्त अवसरमा विद्यार्थीहरुलाई राखेर प्याडकोप्रयोगका बारेमा सचेतना कार्यक्रम समेत गरिएको थियो । एब्लोन नेपालका माला प्रधानाले प्याडकोप्रयोग र महिनावारीका बारेमा प्रशिक्षण दिएकी थिईन ।

कार्यक्रममा अध्यक्ष श्रेष्ठकोअध्यक्षता, वडाअध्यक्ष पंगेनीको प्रमुख आतिथ्यता, संस्थाका सचिव विष्णु पन्तको सञ्चालनएंव कोषाध्यक्ष सपना खनालको स्वागतमा भएको थियो । संस्थाले यसअघि पनि सामाजिकउत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम र सहयोगहरु गर्दै आएको अर्गनाइजेशनका व्यवस्थापकअमृत अधिकारीले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

Flash News

नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमाद्वारा रक्तदान गुल्मीमा पत्रकार आचारसंहिता कार्यन्वयनको अवस्था बारे छलफल मोदी फेरी पनि विश्वको लोकप्रिय नेतामा नम्बर १ मा, अमेरिकी राष्ट्रपतिलाइ ३७% मात्रै मत एभरेष्ट अन्तर विद्यालय वादविवादको उपाधि कालिका मानवज्ञानकी करिनालाई तिनाउमा सहकारी समन्वय समिति गठन नेपालगञ्जमा भ्रष्टाचार विरुद्ध ‘वाकाथन’ गुल्मीमा परिवारबाट अपहेलित ८४ वर्षीया वृद्धा : घर पस्न नपाएपछि सार्वजनिक ठाउँमा श्रीमानको काजक्रिया नेपालको वर्तमान आर्थिक अवस्था जुम्लामा जाडोले जनजीवन प्रभावित मिशन चौरासीको मार्गचित्र तिलोत्तमाको नमस्ते एकेडेमीबाट श्रीलङ्कामा सम्पन्न कराँते प्रतियोगिताका पदक विजेतालाई सम्मान गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णसञ्चालनको माग गर्दै आन्दोलन सुरुः प्रदेशका गृहमन्त्रीको साथ  उत्तमको अर्धशतकमा पाकिस्तानलाई १५३ रनको लक्ष्य फराकिलो बन्दै बुटवल मिलनचोकदेखि सुख्खानगर जाने बाटो रेमिट्यान्स ३० प्रतिशतले बढ्यो जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ १४ किलो सुन प्रकरण : छानबिनका लागि ६ सदस्यीय समिति गठन जसपाको ३ दिने लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण सकियो मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : बैंक दर र नीतिगत दर घट्यो [पूर्णपाठ] नेपालले पाकिस्तानविरुद्ध पहिला ब्याटिङ गर्दै