ताजा अपडेट »

बुटवलका औषधी ब्यवसायी गंगा ढकाल ३ दिनदेखि सम्पर्कविहिन

बुधबार, ०६ भदौ २०८०, ०० : १२
59 Shares
बुधबार, ०६ भदौ २०८०
59 Shares

बुटवल । बुटवलका औषधी ब्यवसायी गंगा ढकाल गएको ३ दिनदेखि सम्पर्क बिहिन भएका छन्। लामो समयदेखि बुटवलको मैत्रीपथमा औषधी पसल सञ्चालन गर्दै आएका ५३ वर्षीय ढकाल शनिवार अपरान्ह घरबाट हिँडेपछि खवर बिहिन भएको पारिवारीक श्रोतले जनाएको छ।

पारिवारीक श्रोतका अनुसार ढकाल सनिवार सांझ बुटवलबाट चितवनको नारायणगढमा रहेको एक होटलमा बास बसेको खुलेको छ। आईतवार बिहान चितवनकै एक कुरीयर मार्फत आफूले लगाएका कपडा र आफूलाई अब नखोज्नु भन्ने सन्देश पठाएका थिए। 

पारिवारीक श्रोतका अनुसार मोवाईल फोन र घडी समेत घरमै छोडेर गएका ढकाल आईतवार साँझ सवा ७ बजे सबैभन्दा पछिल्लो पटक नारायणी नदिको पुलमाथि देखिएका थिए। त्यसपछि उनको कुनै सम्पर्क नभएको र कतै नदेखिएको पारिवारीक श्रोतले बताएको छ। 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार आईतवार सांझ करिव सवा सात बजेको समयमा एक ब्यक्ति नारायणी नदी पुलबाट हाम फालेको सुचना प्राप्त गरेको र हाम फालेका ब्यक्तिको खोजतलास भई रहेको बताए।

पुलमा रहेका २ जना युवतीहरुले एकजना पुरुष पुलबाट हाम फालेको भनेर गैडाकोट प्रहरीलाई सुचना दिएका रहेछन् उनीहरुले दिएको सुचनाका आधारमा सिसिटीभी फुटेज हेर्दा नारायणगढ तर्फबाट गएका एक पुरुष नदिमा हाम फालेको देखिएको थियो। प्रहरी उपरिक्षक कार्कीले भने।

नदिमा हाम फाल्ने ब्यक्ती ढकाल नै हुन भन्ने प्रमाणित नभएपनि नारायणगढ तर्फबाट गैडाकोट तर्फ पैदलै गएका ढकाल गैडाकोट पुगेको नदेखिएकोले उनै हुन सक्ने अनुमान गरिएको उनले बताए।

"हामी आईतबार सांझदेखि शसस्त्र प्रहरी र गोताखोरसहित नारायणी नदिमा खोजी गरि रहेका छौं तर कुनै ब्यक्ति नदिमा भेटीएका छैनन् ।" कार्कीले भने। 

बिभिन्न सामाजिक संघ संस्थामा समेत सक्रिय ढकाले के कारणले घर छोडेर हिँडे भन्ने नखुलेको बताईएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।