ताजा अपडेट »

राष्ट्रिय सभा अनिश्चितकालका लागि स्थगित

आइतबार, ३१ असार २०८०, १४ : ४८
6 Shares

काठमाडौं। सोमबारका लागि बोलाइएको राष्ट्रिय सभा  बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । सोमबार दिउँसो १ बजेर १ मिनेटमा बस्नेगरी बोलाइएको राष्ट्रिय सभा बैठक विशेष कारणवस बस्ने नसक्ने भन्दै अनिश्चितकालका लागि स्थगित गरिएको हो । 

बैठक बस्नेबारे अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको संघीय संसदका महासचिव डा भरतराज गौतमले जारी गरेको सूचनामा उल्लेख छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।