ताजा अपडेट »

पक्राउ पुर्जी जारी भएपछि पूर्वसांसद शेर्पा मोबाईल अफ गरेर सम्पर्कविहिन

आइतबार, ३१ बैशाख २०८०, १३ : १०
8 Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्व सांसद आङतावा शेर्पाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरण ढाकछोपमा संलग्न रहेको आरोपमा आङटावा शेर्पा बिरुद्ध पक्राउ पुर्जि जारी भएको हो । 

प्रहरी उच्च अधिकारीका अनुसार सो घटनामा पक्राउ परेका पुर्व गृहमन्त्री बालकृष्ण खाँणलगायतको नाम नभन्नका लागि अनुरोध गर्न प्रहरी कार्यालय पुगेका शेर्पा माथी थप अनुसन्धानका लागि पक्राउ पुर्जि जारी भएको हो । उनलाई पक्राउ गर्नका लागि शुक्रवार नै जिल्ला अदालत, काठमाडौंवाट अनुमति लिईएको छ । तर, शेर्पा सो घटना सार्वजनिक भए पछि मोबाईल अफ गरी बेपत्ता भएका छन् । उनको प्रहरीले शुक्रवार देखी नै खोजी गरे पनि अझैसम्म फेला पार्न सकेको छैन ।

सो प्रकरणमा पक्राउ परेका सानु भण्डारी र केशव दुलाललाई भेटघाट गरी खाँणकाे नाम नलिन उनले अनुरोध गरेको यसअघि सार्वजनिक भएको थियो ।   

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।