ताजा अपडेट »

माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा दिन माग

मंगलबार, २९ पुस २०७६, ०८ : २६
28 Shares
मंगलबार, २९ पुस २०७६
28 Shares

पुस २९,

काठमाडौ । नेपाल मगर सङ्घले माघे सङ्क्रान्तिमा सार्वजनिक बिदा दिन माग गरेको छ । सोमबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष नवीन रोका मगरले माघे सङ्क्रान्ति मगर समुदायलगायत समस्त नेपालीको चाड भएकाले सार्वजनिक बिदा दिन माग गरे । माघे सङ्क्रान्तिको अवसरमा ४ वटा प्रदेशका सरकारले सार्वजनिक बिदा दिएका छन् । माघे सङ्क्रान्तिको अवसरमा दिइदै आएको सार्वजनिक बिदा कटौती गरेर सरकारले जनजातिमाथि अन्याय गरेको उनको भनाइ थियो ।

यसैबीच मगर संघले माघे सङ्क्रान्तिको अवसरमा आगामी माघ १ र २ गते काठमाडौँको टुँडीखेलमा ‘माघे सङ्क्रान्ति राष्ट्रिय चाड शुभकामना आदानप्रदान तथा मगर मौलिक सांस्कृतिक महोत्सव’ आयोजना गरेको छ । महोसत्वको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने बताइएको छ । महोत्सवमा मगरको मौलिक सांस्कृतिक प्रदर्शनी, मौलिक भेशभूषा, मौलिक खानपिनको प्रदर्शनी, धनुष बाण हान्नेलगायत कार्यक्रम गरिने संघले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।