११ आश्विन २०८०, बिहीबार

Sep 28, 2023

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ओरालो लागेको छ । बिहीबार नेप्से परिसूचक ८.२८ अंकले ओरालो लागेर १८६६.७९ को बिन्दुमा आएर रोकिएको छ ।

Advertisement

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९२ अङ्कले घटेर ३५३ विन्दुमा पुगेको छ। यसअघि बुधबारको कारोबारमा भने नेप्से परिसूचक ८.३९ अंकले उकालो लागि १८७५ विन्दुमा अडिएकाे थियो । सोही दिन ८१ करोड ६० लाख रुपैयाँ भन्दाबढीको कारोबार भएको थियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बिहीबार कूल २६९ कम्पनीको २८ लाख ७० हजार ८१९ कित्ता सेयर खरिद बिक्री हुँदा ९२ करोड भन्दाबढी रुपैयाँको कारोबार भएको छ। यसैगरी, नेप्से सुचकमा ४८ कम्पनीमा वृद्धि भएको छ । १६५ कम्पनीमा ओरालो लागेको र ५ कम्पनी स्थिर रहेको छ । त्यस्तै, कारोबारको आधारमा सिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीले ४ करोड ९२ लाखको कारोबार गरेको छ । नेपाल रिइन्सयोरेन्स कम्पनी दोश्रो स्थानमा छ । उक्त कम्पनीले २ करोड ९६ लाख रुपैयाँ भन्दा बढिको कारोबार भएको हो । 

बिहीबार १३ उपसुचक मध्ये ३ कम्पनी बाहेक सबै कम्पनी ओरालो लागेको छ । बैंकिङ सवइन्डेक्स, निर्जीवन बिमा र निर्माण ट्रेडिङ सूचक कम्पनीमा सामान्य वृद्धि भएको छ । ओरालो लागेको कम्पनीहरु मध्ये सबैभन्दा धेरै विकास बैंक, फाइनान्स र हाइड्रोपावर सुचकको १ प्रतिशतले ओरालो लागेको हो । 

आजको कालिन्चोक दर्शन र सिटिजन म्युचुअल फण्डको करिब १० प्रतिशतको सेयर कारोबार भएको छ। उक्त कम्पनीहरुले सर्वाधिक कमाएका छन्। 
 

प्रतिकृया दिनुहोस्

Flash News

कलाकारहरूको टोलीसहित जनचेतनाका लागि वेस्टर्न युनियनको देश दौडाहा, बुटवलमा पनि आउने सर्लाहीमा जलाउन लागिएको युवतीको शव चिताबाट बरामद, ३ जना पक्राउ नारायणीमा नुहाउने क्रममा दुई युवक बेपत्ता राप्रपा अध्यक्ष लिङ्देन कतार प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी बुद्धिमान तामाङलाई १ हजार ४०० रुपैयाँ घट्यो सुनको भाउ विदेश जाने मोह त्यागेर निजामती रोजेको म ! हिरोइन तस्करीको मामिलामा भारतमा कांग्रेस सांसद पक्राउ १९औं एसियाली खेलकुद : ब्याडमिन्टनमा नेपाल पुरुष टिम क्वाटरफाइनलमा प्रवेश मीड सोलु हाइड्रोपावरको आइपीओ बाँडफाँट ३५ स्थानीय तहलाई एम्बुलेन्स वितरण गर्दै काठमाडौं महानगर नेपालको सार्वजनिक ऋण २३ खर्ब ९ अर्ब पुग्यो, दुई महिनामै ४९ अर्ब २३ करोड थपियो एमाले बाग्मती प्रदेशका भावी नेतृत्वका लागि आज मतदान सन्दर्भ सेप्टेम्बर २८ : रेविजबाट बच्न सकिन्छ लुम्बिनी प्रादेशिक अस्पतालमा बढ्दै जनविश्वास, सेवा सुधारका लागि ‘निर्देशिका’ ल्याउने तयारी  साफ यू-१९ च्याम्पियनसिप फुटबल : भारतसँग नेपाल स्तब्ध बुटवलमा मिस डायमण्ड-२०२३ आयोजना बिहान कार्यालय पुगेपछि अनिवार्य योग–ध्यान गर्न कर्मचारीलाई गृहको निर्देशन बाँकेमा पाटेबाघ मृत फेला राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगिता एनवाईएफसी क्लासिक-२०२३ सम्पन्न संखुवासभाका कांग्रेस जिल्ला सभापति दिपक खड्काले दिए राजीनामा