८ आश्विन २०८०, सोमबार

Sep 25, 2023

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । बुधबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यसअघि मंगलबार भने डलर २७ पैसाले बढेको थियो । बुधबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४ पैसा कायम गरिएको छ । यसअघि मंगलबार पनि उक्त डलरको खरिदबिक्री सोहि मूलयमा भएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार युरोपियन युरोमा उकालो लागेको छ । युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १४४ रुपैयाँ १९ पैसा कायम गरिएको छ। यो मूल्य अघिल्लो कारोबारको तुलनामा ६६ पैसाले बढेको हो । मंगलबार युरो एकको खरिदमूल्य १४२ रुपैयाँ ८८ पैसा र बिक्रीमूल्य १४३ रुपैयाँ ५३ पैसा कायम गरिएको थियो। 

बुधबार बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६४ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६ पैसा तोकिएको छ। यो मूल्य सोमबारको तुलनामा एक रुपैयाँ ७७ पैसाले वृद्धि भएको हो । मंगलबार यसको खरिदमूल्य १६२ रुपैयाँ ५४ पैसा र बिक्रीमूल्य १६३ रुपैयाँ २८ पैसा कायम गरिएको थियो ।  त्यसैगरी, बुधबार अष्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ ८१ पैसा र बिक्रीमा ८९ रुपैयाँ २२ पैसा तोकिएको छ भने क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ९७ पैसा र बिक्रीमा ९८ रुपैयाँ ४२ पैसा कायम भएको छ ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रुपैयाँ १२ पैसा कायम गरिएको छ । बुधबार साउदी अरेबियन एकको खरिददर ३५ रुपैयाँ ४ पैसा र बिक्रीदर ३५ रुपैयाँ २० पैसा, युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ७९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९५ पैसा र मलेसियन रिंगिट एकको खरिददर २९ रुपैयाँ ७४ पैसा र बिक्रीदर २९ रुपैयाँ ८८ पैसामा पाइनेछ । यसअघि मंगलबार साउदी अरेबियन, युएई दिराम रियाल र मलेसियन रिंगिटको कारोबार स्थिर रहेको थियो ।उता, कुवेती दिनार एकको खरिदमा बुधबार ४२८ रुपैयाँ ३१ पैसा र बिक्रीमा ४३० रुपैयाँ २७ पैसा पाइन्छ भने  बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३५० रुपैयाँ २३ पैसा तोकिएको छ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

रोल्पामा बस दुर्घटना, तीन जना घाइते डेंगु संक्रमणबाट थप एकको निधन  चाँंगुको शिक्षाको विकासका लागि जेल जानुपरे सबैभन्दा पहिला म जान्छु : मेयर जीवन खत्री युवती बलात्कार आरोपमा बालक पक्राउ एसियाली खेलकुद : महिला क्रिकेटको उपाधि भारतलाई ड्रोनबाट ब्यानर उडाएर एमाले बागमती प्रदेश अधिवेशन सुरु सुशासन समृद्धि र भ्रष्टाचार कोरिया नेपाल बहुप्राविधिक शिक्षालय बुटवल-१२ तामनगरमा वेल्डिङ व्यवसाय तालीम सुरू विदेशमा नेपालीमा आत्महत्या र डिप्रेसनको डर लाग्दो समस्या बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा पर्सामा ३२ किलो चरेससहित एक जना पक्राउ लागूऔषधसहित पाँचजना पक्राउ लम्पी स्किन भ्याक्सिनमा कालोबजारी, ८० रुपैयाँको खोप १७२ मा बेच्दै लोटस भेट अभियन्ताहरू बोलाउँदा आएनन्, उहाँहरूको नेतासँग वार्ता गर्नुपर्ने हो ?: बालेन नेपाल र चीनबीच १३ बुँदे समझदारीमा हस्ताक्षर प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो प्रधानमन्त्री प्रचण्डद्वारा चीनको राष्ट्रिय स्मारकमा पुष्पगुच्छा अर्पण अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ सूचीकृत, कारोबार सुरु विदेशबाट आएको रकम शाइन बैकको मोबाइल बैंकिङ्ग एपबाटै बुझ्न सकिने सुनचाँदीको मूल्य स्थिर