७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

बुटवल । लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशानलयका स्वास्थ्य शिक्षा अधिकृत  भरत कुमार कुँवरले सरकारले अस्पतालको स्तरबृद्धि मात्रै नभई नागरिकलाई रोग नलाग्ने वातावरणको सृजना गर्नु पर्ने बताएका छन् । ८० प्रतिशतसम्मका स्वास्थ्य समस्या मानिसको आफ्नै कारणले हुने गरेकोले सरकारले अस्पतालको स्तरबृद्धिलाई ध्यानमा नराखि रोगलाई रोक्ने वातावरण तर्फ पनि ध्यान दिन आवश्यक रहेको बताएका हुन् ।

Advertisement

बाँकी २० प्रतिशत रोग मात्रै विभिन्न कारणले लाग्ने गरेको बताए । सोमबार मिडियाकर्मी र स्वास्थ्यकर्मीहरुका लागि स्वास्थ्य प्रवध्र्दन सेवा सम्बन्धी पैरवी कार्यक्रममा बोल्दै प्रमुख कुंवरले मानिस स्वास्थ्य रहनु भनेको शारीरिक रुपमा मात्रै ठिक हुने मात्रै नभई मानसिक र भावनात्मक रुपमा समेत ठिक हुनु रहेको बताए ।

विश्व स्वास्थ्य संगठनले कम्तीमा पनि १० प्रतिशतसम्म बजेट सरकारले स्वास्थ्यका क्षेत्रमा लगानी गर्नु पर्ने बताउने गरे पनि ५/६ प्रतिशत मात्रै स्वास्थ्यमा बजेट छुटाउने गरिकाले यसतर्फ ध्यान दिन आग्रह गरे । कार्यक्रममा बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख युवराज पाण्डेले खानपानमा ध्यान दिए नसर्ने रोगबाट बच्न सकिने भएकाले खानपानमा विशेष ध्यान दिनु पर्ने बताए। साथै बुटवल उपमहानगरपालिका भित्रका नागरिकमा पनि नसर्ने रोग लाग्नेको संख्या बढ्दै रहेकाले स्वास्थ्यमा विशेष ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका प्रेस सल्लाहाकार सिपि खनालले मोफोसलका पत्रकारहरुले सबै विटमा कमल चलाउनु पर्ने बाध्यता रहे पनि पछिल्लो समयमा स्वास्थ्य सम्बन्धी धेरै रिपोर्ट मोफोसलबाट नै आउने गरेको बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल