ताजा अपडेट »

मोदी इनर्जीको आईपीओ बाँडफाँट

आइतबार, १९ चैत्र २०७९, १२ : ४४
30 Shares

काठमाडौं  । मोदी इनर्जी कम्पनी लिमिटेडले निष्काशन गरिएको आईपीओ बाँडफाँट गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुका लागि उक्त आईपीओ फागुन २५ गतेदेखि चैत्र ९ गतेसम्म जारी गरेको थियो ।कम्पनीका अनुसार तोकिएको समयभित्र रितपूर्वक आवेदनलाई आवेदकहरूमा आईपीओ बाँडफाँट गरिएको छ । कम्पनीले आफ्नो जारी पुँजीको १५ प्रतितश अर्थात ४३ करोड ५० लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका ४३ लाख ५० हजार कित्ता साधारण सेयरमध्ये १० प्रतिशत अर्थात ४ लाख ३५ हजार कित्तामा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बाँडफाँट गरिएको कम्पनीले जनाएको छ।

यो आईपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।