ताजा अपडेट »

प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनल आज, नेपाल र लाओस भिड्दै

शुक्रबार, १७ चैत्र २०७९, ०७ : ४७
10 Shares

काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा जारी प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनल खेल आज हुदै छ ।

फाइनलमा घरेलु टिम नेपालले आज लाओसको सामना गर्दैछ । दशरथ रंगशालामा हुने फाइनल खेल नेपाली समय अनुसार साँझ साढे ५ बजेदेखि शुरु हुने छ ।

नेपालले यस अघि लाओसलाई २-० गोल अन्तरले पराजित गरेको थियो भने भुटानसँग १-१ गोलको बराबरी खेलेको थियो । त्यस्तै नेपालसँग हारेको लाओसले भुटानमाथि २-१ को जित हासिल गरेको थियो ।

फाइनल खेलअघि नेपाली टिमका कप्तान किरण चेम्जोङले आफुहरु फाइनल खेलका लागि तयार रहेको बताएका छन् । चेम्जोङले नयाँ खेलाडीको आत्मविश्वास बढाउन यो प्रतियोगिता जित्न जरुरी रहेको बताएका छन् । टिम बनाउन चुनौतीपूर्ण रहेको बताउदै चेम्जोङले नयाँ खेलाडीसँग छोटो समयमा गरेको कामका आधारमा राम्रो गर्ने विश्वास व्यक्त गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।