२२ जेष्ठ २०८०, सोमबार

Jun 5, 2023

बुटवल । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको अर्थतन्त्रलाई गठबन्धन सरकारले सखाप पारेको आरोप लगाएका छन् । पछिल्लो डेढ वर्षको अवधिमा अर्थतन्त्रलाई ध्वस्त पारिएको बताउँदे उनले गठबन्धन सरकारलाई बाली सखाप पार्ने ‘सलह’को रुपमा टिप्पणी गरे । ‘पछिल्लो डेढ वर्षमा राजश्व संकलन छैन, विदेशी मुद्राको सञ्चिती छैन, बैंकमा पैसा छैन, मुलुकमा मुद्राको अभाव छ ।’–ओलीले अगाडि भने, ‘एकैछिनमा सबै स्वाहः अलक्षिन पसे जस्तो भएको छ ।’

Advertisement

गठबन्धन सरकार बनेपछि डेढ वर्षको अवधिमा हुँदै गरेका, हुने गरेका तथा परेका आयोजनाहरु पनि ठप्प पारिएको बताए । नेकपा एमालेको ३ महिने मिसन ग्रासरुट अभियान अन्तरगत बुधबार रुपन्देहीमा नेता कार्यकर्ताहरुर्ला सम्बोधन गर्दै ओलीले मुलुकको अर्थतन्त्रलाई सलहले बाली नष्ट गरेजस्तै १० दलको गठबन्धन सरकारले एकैछिनमा सखाप पारेको उल्लेख गरे । वर्तमान सरकारसँग मुलुकको नेतृत्वका लागि स्पष्ट नीति नभएको उल्लेख गर्दै उनीहरुसँग देश बनाउने संकल्प नभएको टिप्पणी गरे । सत्तारुढ गठबन्धन दलका काँग्रेस, माओवादीलाई ओलीले प्रश्न गरे ‘तपाईहरुको नीति के हो ?

फरक प्रङ्गमा बोल्दै अध्यक्ष ओलीले कम्युनिष्टको आवरणमा वास्तविक कम्युनिष्ट पार्टीलाई ध्वस्त पार्ने षड्यन्त्र भएको उल्लेख गरे । नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादी पार्टीतर्फ इंगित गर्दै उनले कम्युनिष्टको नाममा पूँजीवादी मान्ने कांग्रेसको पछि कुद्ने गरेको उल्लेख गरे । ‘काँग्रेसका पछि स्वाँ–स्वाँ र फ्वाँ फ्वाँ गर्दै कुद्नेहरु समाजवादी ?’–माधन नेपाल नेतृत्वको समाजवादी पार्टीलाई कम्युनिष्ट र समाजवादी पार्टी नभएको ब्याङ्ग्या गर्दै ओलीले भने ‘कण्ठी बाड्दैमा, रुद्राक्षको माला लगाउँदैमा यसले मासु खाँदैन भन्न मिल्दैन । बाहिर देखाउँदैनमा सबै चिज सत्य हुँदैन ।’ कम्युनिष्ट पार्टी फुटाएर पूँजीवादीको पुच्छर बन्दै समाजवादी नाम राखेर भ्रमित बनाउने काम भएको उनले टिप्पणी गरे । केही इमानदार कार्यकर्ताहरु भ्रममा रहेको बताउँदै उनीहरुलाई वास्तविकता बुझाएर पार्टीमा ल्याई उचित जिम्मेवारी दिनुपर्ने अध्यक्ष ओलीले बताए ।

माओवादीमा पनि धेरै इमान्दार कार्यकर्ताहरु भ्रममा लागिरहेको ओलीले दावी गरे । शरिरभरी गोली बोकेर, अंगभंग भएर परिवारका सदस्य गुमाएर कार्यकर्ता बसेका छन्, प्रचण्डसहितका नेताहरुलाई मस्ती छ, अब ती कार्यकर्ताको चेत खुलाउनेगरी अभियान थाल्नुपर्दछ, भ्रमबाट मुक्त गर्नुपर्दछ, माओवादीमा नेता खराब छन्, कार्यकर्ता इमान्दार छन, उनीहरुलाई पार्टीमा ल्याएर जिम्मेवारी दिएर घुलमिल गराऔं ।’ नेता ओलीले एमालेले ल्याएको विकास र समृद्धिका योजनाका विषयमा पार्टीपंक्ति जनतासमक्ष जान नसकेको स्वीकार गर्दै त्यसैलाई चिर्न अहिलेको मिसन ग्रासरुट अभियान ल्याइएको बताए ।

हामीले असल अभ्यासको थालनी गर्यौ, ३० वर्षमा हुन नसकेका काम ९ महिनामै गर्यौ, तर हामीले जनतालाई बुझाउन सकेनौं, यति धेरै शक्तिशाली पार्टी कमिटी निस्कृय बस्यो, आफ्ना जिम्मेवारी पूरा गरेनौ अब त्यसरी चल्दैन, अब धार लगाऔं, विकास र समृद्धिको बाहक बनौं, एमालेलाई बहुमत ५१ प्रतिशत ल्याउनेगरी अहिलेको मिसन पूरा गरौं ।’

अहिले युवा पुस्तामा समेत राजनीतिक सचेतना पुगेको भन्दै त्यो पिँढीमा एमालेको अभियान पुराउन नेता कार्यकर्तालाई निर्देशन दिए । अब जनतालाई एमाले के हो भनेर बुझाऔं, अहिलेसम्म हामीले बुझाउन सकेनौं, युवा पिँढीलाई हाम्रो अभियानमा जोडौं, उनीहरुलाई जिम्मेवारीमा खटाहौं, हामी जनताको सेवक हौं, विकास र समृद्धिको बाहक हौं भनेर बुझाऔं-ओलीले भने ।

प्रतिकृया दिनुहोस्

Flash News

रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघ गठन फनफनीमा आर्यन अधिकारी अनुबन्धित प्रधानमन्त्रीलाई ओलीको प्रश्न– बिगुल फुक्ने ठाउँ हो दिल्ली ? प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण फितलो भयो : केपी ओली  प्रधानमन्त्रीको भारत भ्रमणले देशलाई तरंगित बनायो : केपी ओली सेयर बजारमा यसकारण आयो करेक्सन भारत भ्रमणमा अपमानित महसुस भएन : प्रधानमन्त्री संसदमा अमरेशको प्रश्न- नागरिकता विधेयक प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिलाई कस्तो कारबाही हुन्छ ? प्रधानमन्त्रीले जवाफ दिन लाग्दा संसदमा होहल्ला अस्ताए महाभारतका शकुनी मामा गुफी राष्ट्रिय सभा बैठकको समय सारियो अरुण भ्याली हाइड्रोपावरले बोलायो विशेष साधारणसभा ‘प्रधानमन्त्री भैंसी चढेर आए’ भन्ने शब्द रेकर्डबाट हटाउन सभामुखको निर्देशन शिशिर खनालले प्रधानमन्त्री भैंसी चढेर आए भनेपछि संसदमा हंगामा तिलोत्तमाको शंकरनगर दुर्गादत्त माविमा अन्तर बाल समूह वत्तृत्वकला प्रतियोगिता नागरिकता विधेयकमा विवाद छैन, अदालतमा पनि पुगिसक्यो : प्रधानमन्त्री भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो भारतसँग नेपालको भूमि साट्ने कुरा भएको छैन : प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डद्वारा भारतकाे भ्रमणबारे सदनलाई जानकारी संसद बैठकमा प्रतिपक्षी दलको विरोध