ताजा अपडेट »

ईरानसँग बिनाशर्त वार्ता गर्न अमेरिका तयार

शुक्रबार, २५ पुस २०७६, ०७ : २५
10 Shares
शुक्रबार, २५ पुस २०७६
10 Shares

पुस २५,

काठमाण्डौ । अमेरिकाले इरानसँग बिनाशर्त वार्ता गर्न तयार रहेको बताएको छ । केही दिनयता दुई देशबीच तनाव चुलिएका बेला अमेरिकाले बिनाशर्त वार्ता गर्न तयार भएको बताएको हो । संयुक्त राष्ट्रसङ्घलाई पत्र लेख्दै अमेरिकाले इरानका वरिष्ठ सैन्य नेता कासिम सुलेमानीको हत्या गर्नु आत्मरक्षाका लागि आवश्यक भएको दावी गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्लाई लेखिएको पत्रमा अन्तर्रा्ष्ट्रिय शान्ति र सुरक्षालाई थप खतरामा पर्नबाट जोगाउने र इरानका कारण बढ्न सक्ने तनावलाई रोक्ने उद्देश्यले वार्ता गर्न तयार रहेको उल्लेख छ । तर सुलेमानीको हत्या संयुक्त राष्ट्रसंघ बडापत्रको धारा १५ बमोजिम उचित भएको तर्क पत्रमा गरिएको बीबीसीले जनाएको छ । पत्रमा आवश्यक परे अमेरिकाले थप कारबाही गर्ने लेखिएको छ ।

इरानले हत्याको प्रतिशोध लिन इराकमा रहेका दुई अमेरिकी सैन्य आधार शिविरमा क्षेप्यास्त्र प्रहार गरेको थियो । इरानले पनि यो आक्रमण आफ्नो रक्षार्थ चालेको संयुक्त राष्ट्रसंघलाई बताएको छ । –एजेन्सी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।