ताजा अपडेट »

जिपी कोईराला फाउण्डेशनमा मनोनयन

विहीबार, २४ पुस २०७६, १७ : ४०
20 Shares
विहीबार, २४ पुस २०७६
20 Shares

पुस २४,

ग्लोबल आवाज

बुटवल । गरिजाप्रसाद कोईराला फाउण्डेसनले विभिन्न पदमा मनोनयन गरेको छ । केन्द्रिय समितिको वैठक र परिपत्र अनुसार आमन्त्रीत केन्द्रिय सदस्यमा रुपन्देहीका कांग्रेस नेता हेमराज अर्याललाई मनोनयन गरिएको छ ।

त्यसैगरि प्रदेश न ५ को महासचिवमा नेपाली कांग्रेस बुटवल उप–महानगरपालिकाका सभापती खेलराज पाण्डेलाई मनोनयन गरिएको छ । त्यसैगरि संस्थाको, रुपन्देही जिल्ला अध्यक्षमा कांग्रेस नेता चिरञ्जीवी पौडेल र प्रदेस ५ को सल्लाहकारमा चित्र वहादुर केसीलाई मनोनयन गरिएको हो ।
नेपाली जनसम्पर्क समिति युएईका संस्थापक सभापती केसी यस अघि युएईमा फाण्डेसनको संयोजक समेत हुन् ।

संस्थाका अध्यक्ष माननिय सुजाता कोईरालाले उहांहरुलाई दुई वर्षे कार्यकालका लागि मनोनयन गर्नु भएको संस्थाद्धारा जारी विज्ञक्तीमा उल्लेख गरिएको छ । विभिन्न रचनात्मक कार्यमा सक्रिय रेहको फाउण्डेसनले सात वटै प्रदेश र ७७ वटै जिल्लामा संगठन विस्तार गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।