२२ जेष्ठ २०८०, सोमबार

Jun 5, 2023

बुटवल । पाहुनालाई ‘टिपिकल’ खाना र नेपाली स्वाद पस्किने होटल पौवाले पर्यटकीय स्थल पोखरामा सेवा विस्तार गरेको छ । नेपाली खाना पस्किएर शुरूआत भएको होटल पौवा प्रालिले आफ्नो ११ औं शाखा पोखरामा सञ्चालन गरेको हो ।

Advertisement

पूर्णरुपमा नेपाली हस्पिटालिटीसहित पहिलो सेवा प्रारम्भ गरेको होटल पौवा प्रालीले पोखराको लेकसाईडमा आफ्नो आतिथ्य सेवा सुरु गरेको छ । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’– भन्ने मूल मन्त्रलाई आत्मसात गरेको पौवाले नेपालकै पर्यटन उद्योगको लोभलाग्दो प्रमुख गन्तव्य पोखराको लेकसाइडस्थित स्ट्रिट नं. १ बाट आफ्नो ११ औं शाखा सञ्चालनमा ल्याएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही चैत्र १० गते होटलको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बताए । ज्ञवालीका अनुसार विविध कार्यक्रमका साथ पौवाले शाखा संचालनको औचारिक शुभारम्भ गर्न लागेको हो । शुभारम्भको अवसरमा यही चैत १०, ११ र १२ गते ३ दिनमा फुड टेस्ट, पौवाका सबै शाखाका सेफहरु बीच अन्तरशाखा प्रतिस्पर्धा, नेपाली आतिथ्यताबारे सम्मेलनसहित विविध कार्यक्रम आयोजना हुने प्रबन्ध निर्देशक ज्ञवालीले जानकारी दिए । उनले पौवामा आएर खानाको स्वाद चाख्न सबैलाई आग्रह समेत गरे ।

कोरोना महामारी र मुलुकको आर्थिक संकटसँगै होटल क्षेत्रमा लगानी चुनौतिपूर्ण रहे पनि उक्त चुनौतीलाई अवसरका रुपमा प्रयोग गर्नेगरी शाखा बिस्तार तथा लगानीमा ध्यान केन्द्रित गरिएको उनले बताए । पछिल्लो समय विस्तारै बाह्य पर्यटकहरुको आगमन बढ्न थालेसँगै होटल उद्योगहरु चलायमान हुन थालेको समेत उनले उल्लेख गरे । आन्तरिक पर्यटक र बाह्य पर्यटकको सही संयोजन गर्न सके होटल व्यवसाय संचालन गर्न सकिन्छ भन्ने आफूहरुको अनुभव रहेको बताउँदै निर्देशक ज्ञवालीले होटल पौवामा प्रदान गरिने सेवा, सत्कार र आतिथ्यता सबै नेपालीपनको हुने प्रतिवद्धता जनाए ।

पोखरामा पौवाको प्रवेश
सामान्यतयाः नेपाल घुम्ने बाह्य र आन्तरिक पर्यटकको पहिलो रोजाई पोखरा हो । पोखरा आउने पर्यटकलाई परम्परागत नेपाली पहिचानसहितको सेवा दिने उद्देश्यले पौवाले पोखरालाई आफ्नो रोजाईमा पारेको जनाइएको छ । प्रबन्ध निर्देशक ज्ञवालीले भने ‘पौवाले दिने आतिथ्य पोखरा आउने पर्यटका लागि अविस्मरणीय हुनेछ । पोखराबासी र बाहिरका सबै पाहुनाहरुलाई पुनः पौवामै आउने, पौवामै बस्ने, पौवामै कार्यक्रम गर्ने बनाउन हामीले मन, वचन र कर्मले इमान्दारीपूर्वक सेवा सत्कार दिनेछौं ।’

नेपाली पर्यटन उद्योगमा नेपाली हस्पिटालिटीको पहिलो प्रयोगका रुपमा ‘होटल पौवा’ सुरुवात भएको होटलका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए । नेपाली बजारमा विदेशी हस्पिटालिटी प्रयोग हुँदै आएको सन्दर्भमा पौवामा प्रवेश गर्ने जो कोही पाहुनाले नेपाली सत्कार, नेपाली संस्कार र नेपाली स्वादको अनुभूति गर्ने अध्यक्ष भण्डारीले बताए । ‘होटल प्रवेश गरेदेखि बिदाई हुँदासम्म नेपालीपनको सेवा दिनु होटलको उद्देश्य हो,’ उनले भने, ‘नेपाली संस्कृति र संस्कार एवं नेपाली रैथाने स्वादको पहिचान दिनु पौवाको लक्ष्य हो ।’ १० वटा शाखासहित नेपालीपनको सेवा दिँदै आएको पौवाले ११ औं शाखाको रुपमा पोखरामा करिब १० करोड लगानी गरेको जनाएको छ ।

पौवा पोखरामा यस्ता छन् सुविधा
पौवा आतिथ्य सेवालाई मुल मन्त्रको रुपमा सञ्चालित होटल हो । संस्कार सिकाउने विश्रामस्थलको रुपमा पौवाले आफनो विस्तारको लक्ष्य लिएको छ । सुन्दर गार्डेनसहितको सुविधासम्पन्न होटल भवनमा सुपर डिलक्स र मिनीसुईट गरी ४४ वटा सुविधा सम्पन्न कोठाहरु छन् । प्रत्येक कोठा वातानुकुलित रहेका छन् भने उच्च गतिको इन्टरनेट सुविधा उपलब्ध छ । कोठाबाटै माछापुच्छ«े र अन्नपूर्ण हिमालसहित शान्तिस्तुपा र रानीवनको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।

होटलमा दुई वटा सेमिनार हल र कन्फ्रेन्स हल रहेका छन्, जहाँ एकैपटक फरक फरक बैठक, सेमिनार लगायत लगायतका विविध कार्यक्रम गर्न सकिन्छ । पौवा पोखराको मुख्य आकर्षण एकहजार बढी क्षमताको ‘फेवा हल’ हो । फेवा हलमा एकैपटक एकहजार बढीको उपस्थितिमा सभा, सम्मेलन, विवाहोत्सव लगायतका विविध मनोरञ्जनात्मक कार्यक्रम गर्न सकिन्छ । ठूलो उपस्थितिका लागि पार्किङ अत्यावश्यक रहेको छ । पौवामा एकैपटक पचासौं सवारी साधन पार्किङ गर्नसक्ने सुविधा रहेको छ । सबैखाले सुविधायुक्त पौवा यस्ता कार्यक्रमहरु गर्न पोखरा र आसपासका बासिन्दाका लागि समेत सहज गन्तव्य बन्ने होटलका ब्राण्ड विभाग प्रमुख विष्णु भण्डारीले विश्वास व्यक्त गरे ।

पौवाले चौबिसै घन्टा आतिथ्य सत्कारको सेवा दिएको छ । पूर्ण पारिवारिक वातावरणमा सञ्चालन हुने पौवाले पोखरा अन्तराष्ट्रिय विमानस्थल र बसपार्कसम्म ल्याउने÷लैजाने ट्रान्सफरको सुविधा रहेकोे छ । ‘हामीलाई बिश्वास छ पोखरा पौवामा आउनुहुने आन्तरिक र बाह्य पर्यटकलाई आतिथ्य सत्कार सहितको सेवामा कुनै कमी हुन दिदैनौ’ अध्यक्ष भण्डारीले प्रतिवद्धता व्यक्त गरे ।

पौवा पोखराले मात्र ५० भन्दा बढिलाई प्रत्येक्ष रोजगारी दिएको छ । पौवाको सेवाले पोखरा घुम्न आउने पर्यटकले नेपाल चिनाउने अवसरको रुपमा लिइएको ब्राण्ड प्रमुख भण्डारीले बताए । ‘होटलमा आउने अतिथि तथा ग्राहकको सन्तुष्टि नै हाम्रो सेवाको आदर्शको रुपमा लिएका छौं । आउँदै गरेको नेपाली नयाँ वर्षमा पौवाले स्वदेशी र विदेशी पर्यटकलाई लक्षित गरी विशेष छुट सहितको प्याकेज सेवा उपलब्धको तयारमा पौवा गु्रपले तयारी गरेका छौं ’ उनले भने ।

‘मिसन १००’ को यात्रा

हामीले नै हो सुन्दर देश नेपाललाई विश्वभर चिनाउने । नेपाल घुम्ने विदेशी वा स्वदेशी पर्यटकको आतिथ्य सेवा दिएर नेपालप्रति सकरात्मक धारणा बनाउने पौवाको प्रयास हो । एक दशकमा १०० शाखा विस्तारको योजनासहित मिशन १०० योजना बनाएको होटल पौवा पोखरासहित अहिलेसम्म देशभर ११ स्थानमा सञ्चालनमा छ ।

विश्व शान्तिका दुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट सुरु गरेको यात्रा अहिले पोखरामा आइपुगेको हो । रुपन्देहीको सालझण्डीबाट (हाल बन्द) आफ्नो यात्रा सुरु गरेको पौवालेरुपन्देहीकै भैरहवा र बुटवल, कपिलवस्तुको गोरुसिङ्गे, दाङको भालुवाङ, लमही र घोराही, कर्णाली प्रदेशको जुम्ला, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा र सुदूरपश्चिम प्रदेशको धनगढी पछि ११ औ शाखाका रुपमा पोखराको गन्तब्य तय गरेको छ ।

‘नेपालीको प्रकृतिसँगै रम्दै नेपालीपनको आतिथ्य सबै पर्यटकलाई दिनका लागि पोखरामा नआउँदा केही कमी हुनेछ भन्ने लागेपछि नै हाम्रो टिमले पोखरामा पौवा ग्रुपको प्रवेश गराएको हो’, अध्यक्ष भण्डारीले भने, ‘देश पर्यटनबाट समृद्ध बन्छ भन्ने सोचकै कारण पर्यटन क्षेत्रमा पौवाको आक्रमण बिस्तारमा जुटेका छौ ।’,

पुर्वजबाटै सिक्दै आएको आतिथ्यताको सनातन संस्कारलाई अहिलेको पुस्ताले समेत ‘अतिथि देवो भवः’ मार्फत आत्मसात गर्न सक्छ भन्ने उद्देश्यले पौवाको रहेको छ । पौवा अब गण्डकी प्रदेशको राजधानी पोखराबाट संघीय राजधानी काठमाडौंमा प्रवेश गर्न लागेको छ । मन्दिरहरुको शहर काठमाडौमा यसै आर्थिक वर्षभित्र प्रवेश गर्दैछ । नेपाल प्रवेशको प्रमुखस्थल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको नजिकै, हिन्दुहरुका आरध्यदेव पशुपतिनाथको समिपमा पौवाले आफ्नो सेवा विस्तार गर्दैछ, जहाँबाट सबैखाले पर्यटकहरुलाई अझ उत्कृष्ट आतिथ्य सेवा प्रदान हुनेछ । त्यसैगरी मानसरोवर कैलास यात्राको मुख्य प्रवेशद्वार नेपालगन्जमा पनि पौवाले सेवा विस्तार सुरु गर्न लागेको छ ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्रीको भारत भ्रमणले देशलाई तरंगित बनायो : केपी ओली सेयर बजारमा यसकारण आयो करेक्सन भारत भ्रमणमा अपमानित महसुस भएन : प्रधानमन्त्री संसदमा अमरेशको प्रश्न- नागरिकता विधेयक प्रमाणीकरण नगर्ने तत्कालीन राष्ट्रपतिलाई कस्तो कारबाही हुन्छ ? प्रधानमन्त्रीले जवाफ दिन लाग्दा संसदमा होहल्ला अस्ताए महाभारतका शकुनी मामा गुफी राष्ट्रिय सभा बैठकको समय सारियो अरुण भ्याली हाइड्रोपावरले बोलायो विशेष साधारणसभा ‘प्रधानमन्त्री भैंसी चढेर आए’ भन्ने शब्द रेकर्डबाट हटाउन सभामुखको निर्देशन शिशिर खनालले प्रधानमन्त्री भैंसी चढेर आए भनेपछि संसदमा हंगामा तिलोत्तमाको शंकरनगर दुर्गादत्त माविमा अन्तर बाल समूह वत्तृत्वकला प्रतियोगिता नागरिकता विधेयकमा विवाद छैन, अदालतमा पनि पुगिसक्यो : प्रधानमन्त्री भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो भारतसँग नेपालको भूमि साट्ने कुरा भएको छैन : प्रधानमन्त्री प्रधानमन्त्री प्रचण्डद्वारा भारतकाे भ्रमणबारे सदनलाई जानकारी संसद बैठकमा प्रतिपक्षी दलको विरोध फोक्सिङटार–राजापानी सडक कालोपत्रेको काम सुरु मेरो ध्यान उत्पादन बढाउने र रोजगारी सृष्टि गर्ने तिर छ : प्रधानमन्त्री रुपन्देहीको सिद्धार्थनगरका एमाले सचिव भण्डारीसहित ७४ जनाले दिए राजीनामा सुन चाँदीको भाउ स्थिर